बल्ल जान पाउने भए मन्त्री विष्ट जर्मनी

काठमाडौं, २४ फागुन । झण्डै दुई दिनको अध्यागमन बसाई पछि पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट जर्मनी जान पाउने भएका छन् ।
लामो कुटनीतिक प्रयास पछि मन्त्री विष्टलाई जर्मन सरकारले आफ्नो मुलुकमा प्रवेशका लागि अनुमति दिएको छ । भिसा पाएपछि जर्मनीमा हुन लागेको एक कार्यक्रममा भाग लिन मन्त्री बिष्ट त्यस तर्फ जाने स्रोतले जनाएको छ ।
श्रीमतीसँग जर्मनीका लागि उडेका मन्त्री विष्टलाई झण्डै ३६ घण्टादेखि अबुधाबीको अध्यागमनले नियन्त्रणमा राखेको थियो ।
कुटनीतिक पासपोर्ट बोकेर गएका मन्त्री बिष्टलाई जर्मनी प्रवेश गर्न भिसा नदेखेपछि अबुधाबीमा राखिएको थियो ।

प्रतिक्रिया