जंगलै जंगल गाईगोरुको कारोवार

हेटौंडा,२४ फागुन । मकवानपुरको हटिया र चुरीयामाई बाट राष्ट्रिय जनावर गाई, गोरुको कारोवार तिव्र रुपमा बढेको छ । गाउँमा रहेर बिभिन्न ठाउँ वाट आएका गाईलाई संकलन गरि तराईका जिल्ला हुदै भारतीय बजारमा निर्यात गर्न थालिएको छ ।
नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, चितवन सहति मकवानपुरको बिभिन्न गाविस बाट संकलन गरेर ल्याउँने गाईलाई चुरीयामाई गाबिस–५ तिनकुने चौंक र हटिया गाविस–९ चिसापानि चौंकमा संकलित गरिएका गाईलाई जंगलै जंगल  तराई लगिने गरेको व्यापारीले बताएका छन् ।
बिभिन्न जिल्ला र गाविसबाट ल्याएका गाईलाई मकवानपुरको दुई ठाउँमा संकलन पछि हिडाएर तराई लगिन्छ । एक हजारदेखि १ हजार २ सय रुपियाँमा खरीद गरि तराई पुरायाएपछि २५ सयमा विक्रि गर्ने गरिएको तिनकुने चौंकमा रहेर गाई खरीद गर्ने व्यापारी रोज महोमदले बताए । उनका अनुसार संकलन गरेका बस्तु मध्य घेरै गाई र थोरै मात्रामा गोरु हुने गरेको छ ।

प्रतिक्रिया