होली खेल्ने क्रममा युवतीको मृत्यु

काठमाडौं, २४ फागुन । काठमाडौंको कोटेश्वर पेप्सीकोलामा आज होली खेल्ने क्रममा एक युवतीको छतबाट खसेर मृत्यु भएको छ ।
पेप्सीकोलामा रहेको घरको छतबाट खेसर घाईते १७ बर्षीय सिम्रन कार्कीको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ । घाईते कार्कीलाई उपचारका लागि बि एण्ड बि अस्पताल लगिएको थियो ।
कार्कीको मृत्यु पछि पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया