राजधानीमा जताततै होली, सडक भए रङगीविरङगी

काठमाडौं, २४ फागुन । राजधानीका गल्लि, सडक र चौकहरु चिसो पानी र बिभिन्न रङले रंगीएका छन् । जताततै रङगीचङगी रङ लगाएका युवा, युवती सडकहरुमा बाक्लैदेखिएका छन् ।
पुतलिसडक, बागवजार, नयाँ बानेश्वर, चाबहिल, गौशाला, कालिमाटी, कलंकी, कीर्तिपुर, जोरपाटी, भक्तपुर, ललितपुर, अनामनगर, महाराजगञ्जलगायतका स्थानहरुमा युवा युवतीहरु शुभकामना साटासाट गर्न रङको पर्व होली मनाई रहेका छन् । अनुहार नै नदेखिने गरेर युवा युवतीले रङ लगाएका दृश्य उल्लेख्य देखिएका छन् ।
केही स्थानमा कालो रङ, सेतो टल्कने रङ, फोहोर पानी छ्याप्ने र लगाउने गरेको समेत देखिएको सौर्य सहकर्मीहरुले जनाएका छन् ।
स्थानीय प्रशासनले रङको पर्व होली सौहार्द पूर्ण बातावरणमा मनाउन सबैमा आह्वान गरेपनि छिटफुट स्थानमा अब्यबहारीक रुपमा होली खेल्ने कार्य भएको महानगरीय प्रहरी स्वयंले जनाएको छ ।
होलीमा जवर्जजस्ती रङ दल्ने, फोहर पानी छ्याप्याप्ने कार्य निरुत्साहित गर्न राजधानीमा उच्च सुरक्षा सतर्कताका साथ सुरक्षाकर्मी पनि परिचालन गरिएका छन् । होली पर्वका अवसरमा जथाभावी रङ लगाईदिने डरले सडकमा आज सवारी साधन र बटुवाहरुको पातलो उपस्थिति देखएको छ ।
उता, राजधानीमा रहेका बिभिन्न सञ्चारगृहहरुमा पनि कलाकार र शुभेच्छुकलाई निम्ताएर होली खेलीएका छन् । अघिल्ला बर्षमा जस्तै सञ्चारगृहहरुले हर्सोल्लासका साथ होली पर्व मनाएका हुन् ।

प्रतिक्रिया