अर्को सम्झौता हुँदैनः सभापति कोइराला

विराटनगर, २४ फागुन । कांग्रेस सभापति सुशील कोइरालाले संविधान निर्माण र शान्ति प्रकृयाका लागि माओवादीसँग कुनै हालतमा अर्को सम्झौता नगर्ने वताएका छन् ।

प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै सभापति कोइरालाले सवै कुरा ७ वुँदे सहमति अनुसार नै हुनुपर्ने वताए । उनले भने, ‘माओवादी साथीहरु वखेडा झिक्न अर्को सम्झौता गर्नुपर्छ भन्नुहुन्छ, कदापी अर्को सम्झौता हुँदैन ।’

सभापति कोइलाले यहि फागुन भित्र सरकारले शान्ति र संविधानको कार्यलाई सन्तोषजनक ढंङगले अगाडी नवढाए विकल्प खोजिने चेतावनी दिए । वर्तमान सरकारले सेना समायोजनमा ढिलाई गरिहेको उनको भनाई थियो ।

‘शान्ति प्रकृया पहिले टुङग्याउनुपर्छ’, उनले भने ‘फागुन भित्रमा शान्ति प्रक्रिया नटुङगीए सरकारको विकल्पमा सोच्न वाध्य हुने छौ ।’ उनले माओवादी र एमाले सरकार चलाउन असफल भईसकेकाले अबको सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए ।

सेना समायोजन र संविधान निर्माणका लागि माओवादीले भन्दै आएको लचकता के हो ? आफूहरुले नबुझेको कोइरालाको भनाई छ । उनले सहमतिका लागि छलफल गर्न भने तैयार रहेको बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीहरु विश्वका बिभिन्न मुलुकमा तानाशाह वन्दै गएको उदाहरण दिएका कोइरालाले मुलुकका लागि संसदीय व्यावस्था उत्तम रहेको बताए । शासकीय स्वरुपमा माओवादीले भने जस्तो बाटोमा जान नसकिने कोइरालाको भनाई छ ।

प्रतिक्रिया