गागासँग सेक्सचाहि गरिहाल्दिनँ

हिजोआज के गर्दै हुनुहुन्छ ?
चौथो एल्बम रामसाइँलीलाई दर्शक–श्रोताले निकै मन पराइदिनुभएको छ । शीर्ष गीत रामसाइँलीले हिट्स एफएम म्युजिक अवार्ड पनि पायो । यसले मलाई थप हौसला मिलेको छ । दर्शक–श्रोताको मायालाई निरन्तरता दिन पाँचौँ एल्बम ल्याउने तयारीमा लागिरहेको छु ।
तपार्इंमा घोडाको जस्तो पुच्छर पलायो भने के गर्नुहुन्छ ?
पहिले मेरो शरीरमा पुच्छर पलाएको हो÷होइन, जान्ने प्रयास गर्थेँ । भ्रम मात्रै भएको पनि हुन सक्छ नि ! यदि साँच्चै हो रहेछ भने त्यसलाई व्यवस्थित पारी सफाचट गर्थेँ ।
मध्य रातमा थाहा नपाउने गरी कुनै केटीले तपाईंमाथि सेक्स आक्रमण गरी भने के गर्नुहुन्छ ?
अँ.. सुरुमा त आश्चर्यचकित हुन्थँे होला, त्यसपछि ममाथि किन त्यस्तो व्यवहार भयो भनेर त्यो केटीसँग बुझ्थेँ ।
मापसेको कारबाहीमा पर्नुभएको छ कि छैन ?
आजसम्म परेको छैन ।
पर्नुभयो भने नि ?
मैले साँच्चिकै गल्ती गरेको रहेछु भने त त्यसलाई स्वीकार्नै प¥यो नि । तर एकरात चिसो छिँडीमा बिताउन पर्छ भन्छन् ! गाह्रो पो होला त ।
गिनिज बुकमा नाम लेखाउनुपर्ने बाध्यता आए के गर्नुहुन्छ ?
म साङ्गीतिक क्षेत्रको व्यक्ति भएकाले अवश्य नै गायनक्षेत्रबाटै गिनिज बुकमा नाम लेखाउन प्रयास गर्छु । त्यससँगै देशकै नामबाट अझ महान् गायकको उपाधिका रूपमा नाम लेखाउन चाहन्छु ।
एक रातमा विश्वमा चिनिनुपरे नि ?  
कल्पनै गर्न नसकिने तर एकदम महान् काम गरेर आफ्नो नाम विश्वमा चिनाउँछु, जुन कामले मानव जातिलाई फाइदा होस् ।
लेडी गागाले सेक्स प्रस्ताव गरे स्वीकार्नुहुन्छ ?
हा…हा… सेक्स प्रस्ताव गर्दैमा एकैचोटि स्वीकार्ने कुरा आउँदैन । तर उसले किन त्यस्तो प्रस्ताव गरीे भनेर बुझ्ने प्रयास गर्छु ।
त्यसपछि नि ?
सेक्स अन्तिम चरणको सम्झौता भएकाले त्योचाहिँ गरिहाल्दिनँ । अरूले प्रस्ताव गरेको कुरालाई सत्य मान्न कठिन हुन्छ ।
चरा हुन पाए के गर्नुहुन्छ ?
नेपाली भएर पनि नेपालका सबै कुनाकन्दरा घुम्न पाएको छैन । उडेर ती कुनाकन्दराको भ्रमणमा जान्थेँ ।
कसैले समलिङ्गी विवाहको प्रस्ताव गरे ?
त्यो मलाई मान्य हुँदैन । त्यो प्रस्ताव सोझै अस्वीकार । मलाई त्यस्तो विवाह अप्राकृतिक लाग्छ ।

प्रतिक्रिया