जातीय राज्यको बिपक्षमा अधिकांस प्रतिनिधि

काठमाडौं, २३ फागुन । एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको प्रथम बैठकमा प्रतिनिधिहरुले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनले राज्य पुनसंरचनाका बिषयमा समस्या औल्याएपनि त्यसले समाधानको स्पष्ट बिकल्प नदिएको भन्दै आलोना गरेका छन् ।
समूहगत छलफल पछि प्रज्ञा भवनमा जारी बैठकको बन्द सत्रमा सुझाव दिने क्रममा टोली नेताहरुले राज्य पुनसंरचनाका बिषयमा एमालेले बिकल्प सहित जानुपर्ने बताएका हुन् । उनीहरुले राज्य पुनसंरचना गर्ने क्रममा जातीयताका आधारमा राज्य पुनसंरचना नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
जातीयताका आधारमा राज्य पुनसंरचना गर्दा त्यसले झन मुलुकमा समस्या निम्ताउने अधिकांस समूहको सुझाव छ । सुझाव दिने क्रममा मध्यपश्चिमको समूहले अखण्ड मध्यपश्चिमका लागि एमालेले पहल गर्नुपर्ने धारणा राखेको थियो ।
त्यसै गरेर समूहहरुले अध्यक्षको राजनीतिक प्रतिवेदनले जेठ १४ गते सम्मका लागि योजनाहरु पेश गरेपनि त्यस पछिको अवस्थाका बारेमा मौन रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया