बहिर्गमित लडाकुको बन्द फिर्ता

काठमाडौं, २३ फागुन । अनमिनको प्रमाणिकरणमा अयोग्य ठहरिएका लडाकु अर्थात बहिर्गमित जनमुक्ति सेना नेपालले आफ्नो अनिश्चितकालिन नेपाल बन्द फिर्ता लिएको छ ।
२४ र २५ गते नेपालीहरुको पर्व फागु पूर्णिमा होली परेकाले जनताको पिर मार्कालाई ध्यानमा राखेर अर्को निर्णय नभए सम्मका लागि बन्द फिर्ता लिएको बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष सागर लिम्वद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।
नेपाल बन्दको कार्यक्रम साझ ५ वजेदेखि अर्को निर्णय नहुदा सम्मको लागि स्थगन गरिएको विज्ञप्तीमा उल्लेख छ । दुई दिनदेखि जारी बन्दका कारण सर्वसाधारणले सास्ती बेहोर्नु परेको थियो ।

प्रतिक्रिया