मन्त्री विष्ट अबुधावीमा पक्राउ


काठमाडौं, २३ फागुन । युएईको अबुधावी विमानस्थलबाट पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र बिष्ट मगर पक्राउ परेका छन् ।
जर्मनीमा हुन लागेको एक कार्यक्रममा भाग लिन जाने क्रममा पर्यटनमन्त्री बिष्टलाई अबुधावी बिमानस्थलबाट त्याहाँको प्रहरीले नियन्त्रणमा लिएको हो । मन्त्री बिष्टलाई केही कुरा सोधपुछ गर्न भन्दै पक्राउ गरेको बुझिएको छ ।
मन्त्री विष्ट पक्राउ परेका बिषयमा पर्यटन र परराष्ट्र मन्त्रालयले केही बताएका छैन । मार्च ७ देखि ११ सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ट्राभल र पर्यटन मन्त्रीसँग सम्बन्धित आइटिबी बर्लिनमा भाग लिन मन्त्री बिष्ट हिजो त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया