मलाई पार्टीवाट कसैले हटाउन सक्दैनः गच्छदार

विराटनगर २३ फागुन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले पार्टीवाट आफूलाई कसैले हटाउन नचाहेको दावी गरेका छन ।

विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले  विभिन्न संञ्चार माध्यममा आएका आफू बिरुद्धका समाचार भ्रामक रहेको बताए । उनले पार्टीका सभासदहरु रुष्ट भएको र आफूलाई पार्टीवाट हटाउन लागेको भन्ने समाचार भ्रामक भएको वताए । उनले भने, ‘त्यस्तो कुनै कुरै होइन साथीहरुले संसदीय दलको वैठक वोलाएन भनेर दवाव दिनुभएको मात्रै हो ।’

गृहमन्त्री समेत रहेका गच्छादारले साथीहरुको कुरो आफूले वुझेकोले चाँडै वैठक वोलाएर समस्या समाधान गर्ने वताए । मन्त्री गच्छदारले  फोरम लोकतान्त्रिक सरकारवाट नहटने र कसैले हटाउन पनि  नसक्ने बताएका छन्

प्रतिक्रिया