तेल चोर्ने डिपो प्रमुख निलम्बित

विराटनगर, २२ फागुन । नेपाल आयल निगम विराटनगर विमानस्थल डिपोका प्रमुख बासु भण्डारीलाई निलम्बन गरिएको छ ।
भारत पश्चिम बङ्गालको सिलिगुडीबाट आयात गरिएको तीन हजार लिटर बराबरको इन्धन मिलेमतोमा बीचैमा बिक्री गरेको आरोप लागेपछि छानबिन टोलीले उनलाई निलम्वन गरेको क्षेत्रीय प्रमुख दीपक बरालले बताए ।
आयत गरिएको हवाई इन्धन ट्याङकरबाट खन्याएर डिपोको ट्याङकीमा खन्याउने समयमा शङ्का लागेपछि क्षेत्रीय प्रमुख बराल आफँैले ट्याङकीमा चढेर हेर्दा ट्याङ्की आधा खाली भएको फेलापरेका थिए । त्यसलगत्तै अनुसन्धानका लागि ट्याङ्करको नोजल आफैँले सिलबन्दी गरेका थिए । तर डिपो प्रमुख भण्डारीले सिल तोडेर तेल डिपोमा खन्याएपछि यो समस्याले चर्को रूप लिएको हो ।
यो विषय चर्केपछि निगमले इन्जिनियर भुवनेश्वर राजभण्डारीको संयोजकत्वमा विराटनरमा छानबिन टोली पठाएको थियो । छानबिन टोलीले तत्कालाई पत्र थमाएर निलम्वन गरेको निगमको क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।
विराटनगरको कञ्चनबारीमा रहेको निगमको क्षेत्रीय कार्यालयमा लामो समयदेखि रहेका भण्डारी दुई साताअघि मात्रै विमानस्थलको डिपोमा गएका हुन् ।   स्रोतका अनुसार ट्याङ्करमा  तीन हजार लिटरभन्दा कम तेल आयात गरिएको थियो । डिपो प्रमुख भण्डारीले भने ट्याङ्करमा ६ सय लिटर कम तेल पाइएपछि मुचल्का बनाएर खन्याएको बताए । बीचमै चालक र  खलासीले बेचेको हुनसक्ने उनको भनाइ थिया । आपूmलाई विरोधीले फसाएको आरोप उनको छ ।

प्रतिक्रिया