फुटबलले पछ्याउन थालेको छः पपगायिका साकिरा

यदि तपाईंले विश्वचर्चित अनुहार छान्नका लागि सर्भेक्षण गर्नुभयो भने प्राप्त हुने सूचीमा कोलम्बियन गायिका साकिराको नाम अगाडि नै आउनेमा कमै विवाद होला । स्पेनिस र अंग्रेजी दुवै भाषामा गीत गाउन सक्षम यी भर्सटाइल’ पपगायिकाले हरेक महादेशमा करोडौं फयान कमाएकी छन् । उनी विशुद्ध सङ्गीतसाग मात्र आबद्ध छैनन्, खेलसाग पनि जोडिएकी छन्, त्यसमा पनि विश्वभर खेलको राजा मानिने फुटबलसाग । पछिल्ला दुई विश्वकपमा गीत गाएर उनी विश्व फुटबलप्रेमीको मन-मनमा बसेकी छन् । फुटबल ग्ल्यामरकै कारण उनी अहिले यस खेलमा तानिएकी छन् । फुटबलसाग सम्बन्धित विविध गतिविधिमा संलग्न छिन्, कहांसम्म भने ब्वाइफेन्ड पनि फुटबल खेलाडी नै रोजेकी छन्, बार्सिलोनाका जेरार्ड पिक । उनको बढ्दो फुटबलनिकटतालाई लिएर विश्व फुटबल महासङ्घ -फिफा) को आधिकारिक अनलाइन फिफा डटकमले साकिरासाग सोमबार अन्तर्वार्ता लिएको छ । सोही कुराकानीको सम्पादित अंशः

– फुटबलमा तपाईं कसरी आबद्ध हुनुभयो ?
२००६ को जर्मनी विश्वकपमा मलाई गीत गाउन भनियो । भाग्यवश २०१० को दक्षिण आफरिका विश्वकपमा पनि पुनः भनियो । त्यहां मेरो जीवनकै अविस्मरणीय समय रहृयो । दक्षिण अपिफका विश्वकपले मलाई व्यक्तिगत र व्यावसायिक रूपमा ठूलो उचाइ दियो । यिनै विश्वकपले गर्दा ममा फुटबलप्रेम पलायो ।
– यस अवधिमा फुटबलले तपाइर्ंमाथि पारेको सबैभन्दा ठूलो प्रभाव के हो ?
विश्वकपजस्तो इभेन्टले सांस्कृतिक आदानप्रदान हुंदोरहेछ, मानिसलाई नजिक ल्याउादोरहेछ, एकतामा बांध्दोरहेछ जुन मलाई धेरै नै मन पर्छ । फिफाका सामाजिक गतिविधि पनि मन पर्‍यो जसको अभिन्न अङ्ग भएर काम गर्ने अवसर पाएा । त्यसै आधारमा मैले शिक्षा प्रवर्द्धन गर्ने अवसर पाएा जुन मेरो सबैभन्दा ठूलो रुचिको विषय हो । साच्चि भन्ने हो भने मेरो घरमा पनि फुटबल केन्द्रीय विषय बन्ने गरेको छ -हास्दै) । फुटबलले मलाई जहां पनि पछ्याउन थालेको छ । त्यसैले यसबाट म टाढा नहुने स्थ्तिमा पुगेकी छु ।
– कोलम्बियामा फुटबल धेरै प्रसिद्ध छ, तपाईंको परिवारमा पयान त होलान् नि ?
पहिलेदेखि नै मेरा दाइहरू सौखिन थिए तर बुबा भने महत्व दिएर हेर्नुहुन्न थियो । तर, अहिले छोरी नै फुटबल खेलाडीसाग हिाड्न थालेपछि बुबाको पनि रुचि बढेको छ फुटबलमा ।
– तपाइर्ं आपनो बारेमा पनि भन्दिनुस् न ?
जब तपाईं फुटबल बुझ्न थाल्नुहुन्छ त्यसपछि त्यो शारीरिक कुरामा मात्र सीमित हुँदैन बौद्धिक पनि हुने गर्दोरहेछ ।
– तपाइर्ंले कुनै खेल पूरै समय बसेर हेर्नुभएको छ ?
छ ।
– पिकले नखेलेको खेल पनि ?
-एकछिन हांस्दै छ । म उत्सुक प्रवृतिको मान्छे भएकाले जस्तोसुकै खेल पनि हेर्छु ।
– तपाईंले कहिल्यै फुटबल खेल्ने प्रयास गर्नुभएको छ ?
म गीत गाउनका लागि मात्र सुहाउाछु । गेरार्डले मलाई केहीपटक बल पास दिएर खेलाउने प्रयास गर्‍यो तर मैले जान्दिन भने ।
– तपाइर्ं पछिल्ला दुई विश्वकपमा सहभागी हुनुभयो र ब्राजिलमा हुने आगामी विश्वकपमा पनि तपाईंको सम्भावना उत्तिकै छ । आफ्नै महादेशमा हुन लागेको प्रतियोगिताका कारण कत्तिको उत्साहित हुनुहुन्छ ?
ब्राजिल मलाई मन पर्ने देश हो जहां मैले लामो समयदेखि ˆयानहरूसाग प्रत्यक्ष कुराकानी गर्ने गरेको छु । त्यहा पेलेजस्ता ठूला खेलाडी पनि छन् । म विश्वकपमा जान मन पराउाछु । म भन्न सक्दिन मेरो कुन हैसियत हुनेछ तर म ब्राजिलमा पनि हुनेछु किनभने विश्वकप कोही पनि गुमाउन चाहादैनन् ।

प्रतिक्रिया