रेखा सराङकोट झरना नगरकोट

काठमाडौ, २२ फागुन । चलचित्र क्षेत्रमा दुई थापा नायिकाको प्रतिस्पर्धा छ केही समयदेखि । रेखा थापा र झरना थापा एक नम्बर नायिकाको दौडमा लगभग सागसागै देखिन्छन् । घरी रेखाले उछिन्छिन् त घरी झरनाले । वर्षभरि यी दुवैको अभिनय रहेको चलचित्रको सङ्ख्या पनि बराबरीकै हाराहारीमा पाइन्छन् ।
यी दुवै नायिकाको चलचित्र क्षेत्रमा स्तर र थर मात्र होइन, यसपटक उनीहरू पुगेको ठाउाको नाम  पनि लगभग मिलेको छ । ती ठाउा हुन् सराङकोट र नगरकोट । रेखा आइतबार पोखराको सराङकोट पुगिन् भने सोही समयमा झरनाचाहिा भक्तपुरको पर्यटकीय डााडो नगरकोटमा देखिइन् । जोमसोमबाट एउटा चलचित्रको सुटिङ सकेर रेखा पोखरा के झरेकी थिइन्, सिधै सराङकोट पुगिन् । उनी पोखरा पुग्नाका दुई उद्देश्य देखिन्थे । एक त, आˆनो पछिल्लो चलचित्र ‘रावण’को प्रचार गर्न पाइने, अर्को मुड पेस पनि हुने । मुड फेस गर्न उनले प्याराग्लाइडिङसमेत गरेकी छिन् । यसैका लागि पोखराको सराङकोट पुगेकी हुन् । यसअघि बन्जीजम्पको अनुभव लिइसकेकी यी नायिकाले प्याराग्लाडिङ गर्दा सुरुमा अलि डर लागे पनि पछि आनन्द आएको प्रतिकि्रया दिइन् । रेखाले अचेल जहां पुगे पनि प्रचार गर्ने भनेको उनकै नवनिर्मित चलचित्र रावणको हो । सङ्गीतकार एवम् अभिनेता कमलकृष्णको निर्देशन रहेको यो चलचित्रमा रेखाका अलावा सबिन श्रेष्ठ मुख्य भूमिकामा छन् ।
झरनाचाहिा ‘ओम’ चलचित्रको सुटिङका लागि नगरकोट पुगेकी हुन् । रामजी दाहालको निर्देशन रहेको सो चलचित्रमा झरनाको मूख्य भूमिका  छ । त्यहां उनले चलचित्रका लागि फाइटको दृश्य दिएकी छिन् । ‘यस चलचित्रमा बोल्ड क्यारेक्टर छ, त्यसैले एक्सन गर्नुपरेको हो’ उनले सुनाइन् । यो चलचित्रलाई करण क्रेजीले निर्माण गरेका हुन् । यसपछि आˆनो चलचित्र ‘फेसबुक’को प्रचारमा लाग्ने झरनाले बताइन् । अहिले पोस्ट प्रोडक्सनमा रहेको फेसबुकमा झरना र नवनायक स्वतन्त्रप्रताप शाह मुख्य भूमिकामा छन् । यो चलचित्र सुरज सुब्बाले निर्देशन गरेका हुन् भने सुनिलकुमार थापाको निर्माण रहेको छ ।

प्रतिक्रिया