भ्यालेन्टाइनको शुभमुहूर्त

काठमाडौ, २२ फागुन । प्रेमकथामा आधारित चलचित्र माइ भ्यालेन्टाइन निर्माण गरिने भएको छ । सुरज सुब्बाको लेखन अनि निर्देशनमा रहने यो चलचित्रको सोमबार कमलादी गणेशस्थानमा शुभमुहूर्त गरिएको छ । मुहूर्तका क्रममा चलचित्रको स्कि्रप्ट, क्ल्याप र क्यामेरा पूजा गरिएको थियो ।
मुहूर्त अहिल्यै गरे पनि चलचित्रको छायाङ्कन भने आागामी चैत २५ पछि मात्र सुरु गरिने निर्माण पक्षले जानकारी गराएको छ । ‘चैतमा कुनै पनि शुभकामको थालनी नगर्नू भन्ने मान्यता रहेकाले फागुनमै मुहूर्त गरिहालेका हैा।’ निर्देशक सुब्बाले भने ।
चलचित्रमा बाबु बोगटी,स्वतन्त्रप्रताप शाह, निशा अधिकारी र निता ढुङगानाको मुख्य अभिनय रहने भएको छ । चार साथीबीचको मित्रताको विषयमा निर्माण हुने यो चलचित्र सˆट इमेजले निर्माण गर्न लागेको हो ।
सङ्गीत स्याडोना ब्यान्ड र सुगम पोखरेलले भर्नेछन् भने नृत्यनिर्देशन गोविन्द राई, द्वन्द्वनिर्देशन रोशन श्रेष्ठ र  छायाङ्कन सञ्जय लामाले गर्ने भएका छन् । चलचित्रको अधिकांश दृश्य चितवनवरिपरि छायाङ्कन गरिने बताइएको यो चलचित्रका निर्माता सुशील श्रेष्ठ हुन् ।

प्रतिक्रिया