अब विकास बोर्डमै सेन्सर

काठमाडौः चलचित्र विकास बोर्डले अब आˆनै हलमा चलचित्रको सेन्सर गर्ने तयारी सुरु गरेको छ । यसअघि सेन्सरका लागि नेपाल चलचित्र सङ्घको हल प्रयोग गरिरहेको बोर्डले सङ्घको हल पुनः निर्माण थालिएपछि आˆनै हल बनाउने प्रक्रिया सुरु गरेको थियो । बोर्डको आˆनै हल अब सेन्सरका लागि उपयुक्त बनिसकेको बोर्डले जानकारी गराएको छ ।
चलचित्र सेन्सरका लागि अरूको हल भाडामा लिएर गराउादा धेरै झन्झट बेहोर्नुपरेको थियो, अब आˆनै भवनमा त्यसको तयारी पूरा भइसकेपछि थप सजिलो हुनेछ, बोर्डका एक कर्मचारीले भने । आˆनै हलमा सेन्सरसम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिन बोर्डले सूचना तथा सञ्चार मन्त्रालयमा समेत पत्राचार गरिसकेको बुझिएको छ । मन्त्रालयबाट आधिकारिक जबाफ आएपछि यसबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

प्रतिक्रिया