‘मनै न हो’ विमोचित

काठमाडौः रविन भण्डारीको गीति एल्बम ‘मनै न हो’ आइतबार एक कार्यक्रमबीच राजधानीमा विमोचन गरिएको छ । प्रमुख अतिथि किरण खरेल, गीतकार दुर्गालाल श्रेष्ठ, वरिष्ठ अतिथि आनीछोइङ डोल्माले एल्बमको सामूहिक विमोचन गरे । पेसाले पर्यटन व्यवसायी भए पनि सङ्गीत आˆनो सोख रहेकाले पहिलो एल्बम श्रोतामाझ ल्याएको भण्डारीले जानकारी गराए । गायक भण्डारी हाल अमेरिकामा बस्दै आएका छन् । एल्बम बिक्रीबाट उठेको रकम ‘आमाघर वृद्धाश्रम’ लाई प्रदान गरिने घोषणा पनि उनले सो कार्यक्रममा गरे । उक्त वृद्धाश्रम गायिका आनीछोइङ डोल्माले सञ्चालन गरेकी हुन् ।
एल्बममा सातवटा गीत समेटिएका छन् । जसमध्ये अहिले यो, चले चलोस्, नभन तिमी बोलका गीत दुर्गालाल श्रेष्ठले रचना गरेका हुन् । एक्लै आफ्नो बोलको गीत बिबिसीकर्मी सुमन खरेलले लेखेका हुन् भने तिमीले भन्दा गीत करुण थापा तथा मृगका भै बोलको गीत विनोद रोक्काले रचना गरेका हुन् । एल्बमका ६ वटा गीतमा न्ह्यु वज्राचार्यले र एउटा गीतमा कर्णदासले सङ्गीत भरेका छन् ।
कार्यक्रममा दुईवटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियो अनिल तन्डुकार र दीपेन्द्र खनालको निर्देशनमा तयार गरिएका छन् । -सौस)

प्रतिक्रिया