आमाको यादमा

नौ महिना कोखमा राखेर जन्म त दियौ
फेरि के गल्ती गरेँ र यस्तो सजाय दियौ ?
म छु, यस काठमाडौँको हुल ठाउँमा
तपाईं पनि हुनुहोला कुनै गाउँ–ठाउँमा
अगाडि बढ्न चाहिएको छ, हजुरको साथ
तपाईंको यादमा सिरानी भिज्छ हरेक रात
पाएको छैन राम्रो खान
लुगा राम्रो छैन लाउन
मात्र चाहिएको छ एउटा रोटी
आशीर्वाद लिन पाऊँ हजुरको पाउ ढोगी
प्रभु ! मेरो पनि एकचोटि आँसु र प्यास मेटाइदिनू
मेरो खुसी र हाँसोका लागि आमासँग भेटाइदिनू
साथीहरूले मलाई जिस्क्याउँछन् हरेक रात
उनीहरूलाई चुप गर्न चाहियो हजुरको साथ
कसको रगतले बन्यो मेरो जिउ, थाहा छैन
आमाबिना पाइला बढ्लाजस्तो लाग्या छैन
मेरो यो कविता सुनिदिनुहोला
आमाको माया र ममता बुझिदिनुहोला ।

कोमल घर्ती
कक्षा ७
सम्पूर्ण इङ्लिस बोर्डिङ स्कुल, नखिपोट, ललितपुर

प्रतिक्रिया