मिस नेसनलमा १८ छानिए

काठमाडौँ, २० फागुन । नारीहरूको व्यक्तित्व विकासमा सहयोग पुरायाउने उद्देश्यले आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिता मिस नेसनल क्विन २०१२ को अडिसन शनिबार सम्पन्न भएको छ ।
एभरेस्ट फेसन होम्सद्वारा आयोजित प्रतियोगिताको पहिलो अडिसनमा ३० प्रतियोगीको सहभागिता रहेकामा १८ जना अर्को चरणका लागि छनोट भएको आयोजकले जनाएका छन् । राजधानीको वल्र्ड ट्रेड सेन्टरमा भएको अडिसनमा निर्णायकहरू रोजिन शाक्य, डब्बु क्षेत्री, सबनम खरेल र अलाइभ ब्लाडरले प्रतियोगी छनोट गरेका थिए । सो प्रतियोगिताको फाइनल आगामी ३ चैतमा हुने बताइएको छ । (सौस)

प्रतिक्रिया