लुट पोखरामा पनि ५१ औं दिनमा

पोखरा, नेपाली चलचित्रको व्यवसाय सेलाइरहेका बेला राम्रै व्यावसायिक सफलता कमाएको चलचित्र लुटले पोखरामा पनि प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । निर्माण पक्षले शनिबार पोखराको बाराही चलचित्र घरमा एक कार्यक्रम आयोजना गरी ५१औँ दिन प्रदर्शनको खुसी साटासाट ग¥यो ।
कार्यक्रममा उक्त चलचित्रका कलाकार, प्राविधिक तथा प्रदर्शकलाई मायाको चिनो वितरण गरिएको थियो । सोही अवसरमा प्रदर्शनका लागि पोखरा पुगेको चपली हाइटका कलाकार तथा निर्माण पक्षसँग पनि मायाको चिनो साटासाट गरिएको निर्माता माधव वाग्लेले जानकारी गराएका छन् । यसअघि काठमाडौँमा पनि प्रदर्शनको ५१औँ दिन पूरा गरिसकेको लुट  निश्चल बस्नेतले निर्देशन गरेका हुन् भने यसमा नायिका सुषमा कार्कीले गरेको आइटम डान्स चर्चामा छ । सौगात मल्ल, महेश शाक्य, दयाहाङ राई, ऋचा शर्मा आदिको अभिनय रहेको सो चलचित्र वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रूपमा निर्माण गरेका हुन् । (सौस)

प्रतिक्रिया