सहिदको सम्मान हुन सकेनः नेता ओली

काठमाडौँ, २० फागुन । एमाले नेता केपी ओलीले बिभिन्न प्रजातान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूलाई राष्ट्रले उचित सम्मान दिन नसकेको बताएका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा उनले मुलुकको आमूल परिवर्तनका योद्धाका रूपमा रहेका सहिदहरूको सपना साकार पार्ने कार्यमा सरकारका पछिल्ला गतिविधिले ओझेल पारेको आरोप लगाए । उनले जनताका विचारको स्वतन्त्रता, मौलिक हकअधिकारको प्रत्याभूतिका लागि भएका आन्दोलनमा सहादत प्राप्त गर्नेलाई सम्मान गर्नु सबैको साझा दायित्व रहेको बताएका छन् ।
उनले नेपालको राजनीतिमा सुखानी आन्दोलनको पृथक पहिचान र इतिहास भएको टिप्पणी गर्दै मुलुकको परिवर्तनका लागि भएका सबै आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नभएकोमा जोड दिए ।

माले महासचिव सिपी मैनालीले राष्ट्र र जनताप्रति समर्पित रहँदै आफ्नो अमूल्य जीवनलाई जनताको उन्नतिका लागि सहादत दिने महान सहिदप्रति अवमूल्यन गर्नु परिवर्तनलाई नचाहनु रहेको टिप्पणी गरे ।

प्रतिक्रिया