पश्चिमले सिरियामा द्वन्द् चर्काएको आरोप

मस्को, १९ फागुन । रुसी प्रधानमन्त्री भ्यादिमिर पुटिनले पश्चिमी राष्ट्रका कारण सिरियामा द्वन्द्व चर्किएको आरोप लगाएका छन् । सिरियाका विपक्षी समूहलाई पश्चिमी राष्ट्रले सहयोग गरेकाले सिरियाली सङ्कट गहिरिएको उनको कथन छ ।
शुक्रबार आˆनै निवासमा पश्चिमी राष्ट्रका सम्पादकहरुसाग कुरा गर्दै प्रधानमन्त्री पुटिनले यस्तो बताएका हुन् । उनले सिरियामा रक्तपात रोक्न सरकार र विपक्षी दुवैतर्फका हतियारधारीहरू सहरबाट फिर्ता हुनुपर्नेमा जोड दिए । तर, पश्चिमले विपक्षीहरूलाई फिर्ता बोलाउन नचाहेकाले सिरियामा द्वन्द्व चर्किएको आरोप उनले लगाए । सिरियामा राष्ट्रपति बासर अल असादको शासनविरुद्ध एक वर्षअघिदेखि जारी आन्दोलन अन्त्यका लागि सत्ता छोड्न पश्चिमले असदलाई चर्को दबाब दिइरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो । यसअघि रुसले चीनसाग मिलेर पश्चिमी राष्ट्रहरूले राष्ट्रसङ्घमा पेस गरेको सिरियाविरुद्धको प्रस्ताव असफल बनाएको थियो ।
‘के उनीहरू -पश्चिमी राष्ट्रहरू) असदले आˆना सेनालाई फिर्ता बोलाएपछि विपक्षीलाई अघि बढाउन पाइयोस् भन्ने दाउमा छन् ? के यो सन्तुलित व्यवहार होइन ?’ पुटिनले भने ।
सिरिया रुसको मध्यपूर्वमा रहेको एकमात्र साझेदार राष्ट्र हो । शीतयुद्धको बेला सिरियासाग रुसले ज्यादै निकट सम्बन्ध स्थापना गरेको थियो । त्यस वेला सिरियामा वर्तमान राष्ट्रपतिका बाबु हाफिज असदको शासन थियो । सिरियाविरुद्ध राष्ट्रसङ्घमा ल्याइएको प्रस्तावलाई रुसले किन विफल बनायो भनी सोधिएको प्रश्नमा असदले भने, ‘आर्थिक स्वार्थका लागि हामीले प्रस्तावको विरोध गरेका होइनौं । सिरियामा वैरभाव कम गर्न सहयोग मिलोस् भनेर हामीले त्यसको विरोध गरेका थियौ ।’
लिबियाको कहानी सिरियामा नदोहोरियोस् भन्ने रुसको चाहना रहेको समेत पुटिनले प्रष्ट पारे । गतवर्ष लिबियामा भएको मोअम्मर गद्दाफीको शासनविरोधी आन्दोलनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन -नेटो)ले विपक्षीलाई साथ दिएपछि त्यहां शासन परिवर्तन भएको थियो । त्यतिबेला प्रधानमन्त्री पुटिनले लिबियामाथि नेटोको हस्तक्षेपलाई ‘मध्ययुगीन बर्बरता’ को संज्ञा दिादै यसको चर्को विरोध गरेका थिए । प्रधानमन्त्री पुटिनले सिरियाका विभिन्न पक्षलाई आपसी समझदारीमार्फत हिंसा रोक्न आग्रह गरे । द्वन्द्वरत पक्षलाई उचाल्नुको सट्टा सबैलाई वार्तामा आउन प्रेरित गरे सिरियामा रक्तपात बन्द हुने उनको कथन थियो । सिरियामाथि आक्रमण नगर्नसमेत पुटिनले पश्चिमी राष्ट्रलाई चेतावनी दिए । सिरियामा आक्रमण भए रुसमा सिरियाली शरणार्थीको ओइरो लाग्ने जिकिर गर्दै उनले सिरियामाथिको आक्रमणबाट रुसलाई ज्यादै नराम्रो असर पुग्नेतर्फ सबैलाई सचेत गराए । -एजेन्सी)

प्रतिक्रिया