पाकिस्तानी गुप्तचरको हत्या

पेसावरः उत्तर-पश्चिम पाकिस्तानमा एक गुप्तचर अधिकारीको हत्या भएको छ । मोटरसाइकलमा आएका एक बन्दुकधारीले ३८ वर्षीय गुप्तचर अधिकारीलाई गोली हानी हत्या
गरेका हुन् ।
उनलाई कुन चरमपन्थी समूहले हत्या गरेको भन्ने प्रस्ट भएको छैन । अफगानिस्तानको सीमानजिकै पर्ने पेसावरमा २५ लाख मानिस बसोबास गर्दै आएका छन् । करिब पांच वर्षअघिदेखि यस क्षेत्रमा तालिवानीसाग आबद्ध चरमपन्थीले हिंसा मच्चाउादै आएकाले गुप्तचरको हत्यामा पनि उनीहरूकै संलग्नता रहेको आशङ्का गरिएको छ ।
उता मेक्सिकोको सीमावर्ती सहर नुएभो लरेडोमा भएको झडपमा १३ जना बन्दुकधारीको मृत्यु भएको छ । मेक्सिकन सेनासाग झडप हुादा ती बन्दुकधारीको मृत्यु भएको हो । स्थानीय अधिकारीका अनुसार सैनिक र बन्दुकधारीबीच करिब चार घन्टासम्म भिडन्त भएको थियो । -एजेन्सी)

प्रतिक्रिया