डिएनएले खोल्यो रहस्य

रोम, १७ फागुन । इटालीको हिमाली क्षेत्रमा रहेको एक उपत्यकामा सन् १९९१ मा  एउटा शव फेला परेको थियो । उक्त शव ५३ सय वर्ष पुरानो भएको अनुसन्धानपछि पत्ता लागेको थियो । इटालीको पुरातत्वसम्बन्धी एउटा सङ्ग्रहालयमा राखिएको शवमाथि वैज्ञानिकहरूले लामो समयदेखि अनुसन्धान गर्दै आएका छन् । शवको डिएनएमाथि गरिएको अनुसन्धानबाट फेला परेका नयां तथ्यलाई ‘नेचर कम्युनिकेसन’ नामक जर्नलमार्फत हालै सार्वजनिक गरिएको छ । डिएनएमाथिको अध्ययनबाट जीवित छादा शवको आाखाको रङ खैरो रहेको, उसको रगतको श्रेणी ‘ओ’ रहेको र वंशानुगत रूपमै शव मुटुसम्बन्धी रोगको जोखिममा रहेको पत्ता लागेको छ । ब्याक्टेरियाबाट लाग्ने लाइम विरामबाट पीडित पहिलो व्यक्ति पनि उनै रहेको जर्नलमा जनाइएको छ ।
यसअघिका अध्ययनले शवको शरीरमा ट्याटु खोपिएको पत्ता लगाएको थियो । ढाडमा तीर लागेर मर्नुअघि उसले जङ्गली खसीको मासु खाइरहेको समेत जनाइएको थियो । अध्ययन टोलीको नेतृत्व गरेका डा. अल्बर्ट जिन्कले भने, ‘ऊ बााच्दाको परिवेश, उसको जिउने तरिका, उसको मृत्यु हुनाका कारणबारे अझै बढी प्रस्ट हुने हाम्रो चाहना छ ।’ उनको हत्या भएको जानकारी दिादै डा. अल्बर्टले हत्या हुादाको समय यथाशक्य चााडो सचित्र व्याख्या गर्ने प्रयासमा आफूहरू रहेको बताए । (मिरर)

प्रतिक्रिया