कसको हो यो अद्भूत कला ?

लन्डन, १० फागुन । बेलायतको नारेसबोरोघमा भन्ने ठाउामा पुग्ने जोसुकै त्यहांका रूखमा खोपिएका कला देखेर मख्ख पर्छ । त्यहांका सामान्य रूखलाई खोपेर ड्रेगन, राक्षस, किङ्फिसर चरा आदिको आकृतिमा ढालिएको छ । यसरी खोपिएका रूख अचम्मै किसिमले मोहित बनाउने खालका छन् । यति अद्भुत कला कसले बनायो होला ? त्यो भने कसैलाई थाहा छैन ।
दसदेखि २० फिट अग्ला कलाकृतिका सर्जकलाई कसैले देखेको छैन, न त कलाकारको नामकै अत्तोपत्तो छ । ती कलाकार चुपचाप आए र रूखमा कला खोपेर गए । कसैले पत्तो पाएन । न त ती कलाकारले आˆनो परिचय नै छाडे ।
अज्ञात कलाकारका अद्भुत कला हेर्न टाढाटाढाबाट मानिस आउने गरेका छन् । यसले स्थानीयवासीलाई मख्ख बनाएको छ । आˆनो ठाउालाई सिागार्ने कलाकारलाई उनीहरू धन्यवाद दिन चाहन्छन् । तर, उनीहरूको चाहना पूरा हुन सकेको छैन ।
करिब दुई महिनाअघि एक स्थानीयवासीले किङ्फिसर चराले चुच्चामा माछो च्यापेको कलाकृति एउटा रूखमा खोपिएको देखेका थिए । लगत्तै उनले अरू मानिसलाई खबर गरे । अज्ञात कलाकारले रूखमा अद्भुत कला खोपेको खबर त्यसपछि टाढाटाढासम्म फैलियो ।
स्थानीय नागरिक समाज कलाकारको खोजी गर्ने प्रयासमा छ । आˆनो परिचय दिई रहस्यलाई चिर्न कलाकारसाग आग्रहसमेत गरिएको छ । ‘यस्तो राम्रो कलाकृति दिनसक्ने मानिस असाध्यै तेजिला छन् भन्नेमा कुनै सन्देह छैन । उनीहरू सार्वजनिक भइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ,’ एक स्थानीयवासीले भने । (डेलिमेल)

प्रतिक्रिया