अमेरिका पुगेको कलाकार टोली न नर्फकने सुरमा

कुवेर गिरी

काठमाडौ, १० फागुन । कुरा केही समयअघिको हो । गायक राजेशपायल राई अमेरिकाको भिसा अप्लाइ गर्न नेपालस्थित अमेरिकी दूतावास पुग्दा उनलाई प्रश्न थियो- राजु लामा खोइ ? साङ्गीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक लामा उतै बेपत्ता भइदिएपछि दूतावासले अरू नेपाली गायकलाई भिसा दिन पनि अप्ठ्यारो मानेको थियो ।
यही परिस्थिति फेरि पनि दोहोरिने सङ्केत देखिएको छ । केही समयअघि सांस्कृतिक कार्यक्रमका लागि भनेर अमेरिका पुगेका कलाकार स्वदेश र्फकने छांटकांट देखिएको छैन । उनीहरूलाई दूतावासले दिएको भिसाको म्याद फेब्रुअरी २८ मा सकिादै छ । ती कलाकार र्फकने तारतम्य नदेखेपछि दूतावासले सतर्कता देखाउन थालेको छ ।
अमेरिकाका विभिन्न सहरमा सांस्कृतिक कार्यक्रम गर्न भन्दै ५ माघ देखि फरकफरक समयमा नेपाली टोली अमेरिका पुगेको थियो ।
टोलीमा नायिका युना उप्रेती, नायक दिवस उप्रेती, हास्य कलाकार गोपाल नेपाल ‘फिस्टे’, सङ्गीतकार शम्भुजित बास्कोटा, गायिका मल्लिका कार्की, गायक विमल डांगी, पत्रकार निर्माता जयप्रकाश रिजाल छन् । सोही टोलीमा अमेरिका पुगेका हास्य कलाकार निर्मल शर्मा भने ‘होमसिक’ भएको भन्दै पहिल्यै फर्केका छन् । घरको न्यास्रो लागेकाले ‘पछि फेरि आउने’ भन्दै उनी नेपाल फर्किएका थिए ।
ती कलाकार जहांजहां कार्यक्रम गर्न भनेर गएका थिए, ती कार्यक्रम कुनै नभएको अमेरिकामा रहादै आएका एक कलाकारले जानकारी गराए । स्रोतलाई पत्याउने हो भने त्यहां पुगेको टोलीका केही सदस्य अहिले अमेरिकामै बस्न ‘गि्रनकार्ड’ को तयारीमा लागेका छन् ।  त्यहां पहिलेदेखि नै रहादै आएका कलाकारले उनीहरूलाई सहयोग गरिरहेका छन् । स्रोतअनुसार चलचित्र ‘मिस्टर मङ्गले’ बाट नायकका रूपमा पर्दामा देखिएका दिवस उप्रेतीलाई उनकै दाइ नायक रमेश उप्रेतीले सघाएका छन्  । गायक प्रेमराजा महतचाहिा जयप्रकाश रिजालका सहयोगी बनेका छन् । पत्रकारिताबाट चलचित्र निर्माणमा छिरेका रिजालले आफूले निर्माण गरेको चलचित्रले सफलता दिलाउन नसकेपछि अमेरिकामै बस्ने मनसाय बनाएको बुझिएको छ । उनको पछिल्लो चलचित्र ‘अर्जुनदेव’  प्रदर्शनको तयारीमा छ । त्यसको प्रदर्शनको जिम्मा उनले निर्माता सुनील मानन्धरलाई दिएको स्रोत बताउाछ । हास्य कलाकार फिस्टे अमेरिकाको बाल्टिमोरस्थित एक डिपार्टमेन्ट स्टोरमा गार्डको जागिर गर्न थालेका छन् ।
टोलीका गायिका कार्की, सङ्गीतकार बास्कोटा, गायक डांगी भने र्फकने सम्भावना रहेको बताइन्छ । गायिका कार्की जापानबाट र्फकेलगत्तै अमेरिका पुगेकी हुन् । फर्किएमा दूतावासले फेरि पनि उनलाई भिसा दिन सक्ने बताइन्छ । बास्कोटा र डांगी दुवैको कमाइ स्वदेशमै पनि राम्रो रहेकाले उनीहरू र्फकने अनुमान गरिएको हो । कलाकारहरूको उक्त टोलीलाई अमेरिका बस्दै आएका चन्द्रप्रकाश शर्माले लिएर गएका हुन् ।

प्रतिक्रिया