एन्जेलिनाको सेक्स प्रस्ताव अस्वीकार

दायाह्ङ राई कलाकार,

तपार्इंको उमेर अहिले १० वर्ष मात्र भएको भए करियरलाई कसरी अगाडि बढाउनुहुन्थ्यो ?
साँच्चिकै अहिले १० वर्ष उमेरको हुन पाए त्यो बेला गर्न छुटेका कामहरू रुटिन बनाएर नियमित गर्थेँ । र, अहिलेको स्थितिसम्म आइपुग्थेँ ।
एक रातमा आफ्नो नाम विश्वभरि चिनाउनुपर्ने बाध्यता आए के गर्नुहुन्छ ?
विश्वभरि नै आफ्नो नाम र तस्बिर भएको होर्डिङ बोर्ड छाप्न लगाउँथेँ ।
अकस्मात् एक करोड भेट्नुभयो भने के गर्नुहुन्छ ?
पहिले त सक्कली हो कि नक्कली, राम्ररी हेर्थेँ । फेरि एक करोड नै छ कि छैन, के थाहा, गन्थेँ होला । साँच्चै एक करोड रहेछ भने गाउँमा लाइब्रेरी खोल्थेँ ।
परीक्षाको रिजल्टमा विषय लगाउनुभएको छ कि छैन ?
माध्यमिक तहसम्मको कुरा गर्दा कक्षा आठमा म्याथ विषय भिरेको छु ।
एन्जेलिना जोलीले तपाईंलाई सेक्स प्रस्ताव राखिन् भने ?
प्रस्तुति र कामका आधारमा हाम्रो कलाकारिता त मिल्ला तर उसको र मेरो कल्चर नै मिल्दैन । त्यसकारण ‘तत्पर हुन सक्दिनँ’ भन्थेँ ।
बिहान उठ्दा तपाईंको गोप्य अङ्ग निधारमा टाँसिइरहेको रहेछ भने के गर्नुहुन्छ ?
अचम्मै हुन्थ्यो, मलाई भ्रम मात्र भएको हो कि भनेर श्रीमतीलाई निधारमा हेर्न लगाउँथेँ । हो रहेछ भने तुरुन्तै अप्रेसन गर्न हस्पिटल दौडिहाल्थेँ ।
एचआइभी सङ्क्रमित हुनुभयो भने नि ?
औषधिउपचार गर्थेँ । रोकथामका उपाय अपनाउन मिल्ने पुस्तक पढिरहन्थेँ ।
कोमल ओलीले प्रेमप्रस्ताव राखे स्विकार्नुहुुन्छ ?
कोमल ओली दिदी खाली होलिन् तर मचाहिँ खाली छैन है भनिदिन्थेँ ।
पहिलो डेटिङ कोसँग भएको थियो ?
मेरी अहिलेकी श्रीमतीसँगै ।
पहिलो डेटिङको अनुभव ?
अहिले सम्झिँदा त आनन्दै लाग्छ । त्यति बेलाचाहिँ डर लागेको थियो किनकि हामी गएको ठाउँ एकान्त थिएन । त्यो डेटिङमा हामीले सिनियर दाइहरूसँग भेट्न जानुपर्ने थियो । दाइहरूले केही भन्लान् कि भन्ने डर थियो ।
डेटिङका क्रममा कतिचोटि सेक्स सम्बन्ध भयो ?
प्रेम गरेको सात वर्षपछि विवाह भएको हो । सेक्स पनि विवाहपछि नै हो । डेटिङ कति गइयो भन्नेचाहिँ हिसाबै गर्नुपर्छ ।
प्रस्तुति ः विशाल राई

प्रतिक्रिया