दाङका एचआईभि संक्रमित दाजुवहिनी सल्यानमा अलपत्र

रीता लामा, सल्यान, ९ फागुन । दाङका एचआइभि संक्रमित दुई बालबालिका सल्यानमा अलपत्र परेका छन् । दाङ घर भइ सल्यानमा आफन्तको घरमा बस्दै आएका बालबालिलाई आफ्न्तले पनि वेवास्ता गरेपछि अलपत्र परेका हुन् ।
दाङको घोराही नगरपालिका –१ खिलतपुर घर भएका ती दुइ दाजु बहिनी सेजवालटाकुरा स्थित मामाघरमा बस्दै आएका थिए । पारिवारिक दुव्र्यवहार र आर्थिक समस्याका कारण बालबालिका अलपत्र परेको बताइएको छ । आमाबुवा गुमाइसकेका उनीहरुलाई घर ठूलोबुवाले घर निकाला गरेपछि अहिले मामा घरमा बस्दै आएका थिए । मामाकोघरमा पनि मानसिक र शारीरिक दुव्र्यबहार हुने गरेको उनीहरुले गुनासो गरेका छन् ।
भारतको बम्बै गइरहने उनका बुवाको एकवर्षअघि र आमाको २०६२ सालमा मृत्यु भएको थियो । उनीहरु मध्ये दाजु ११ वर्षका छन् भने बहिनी ९ वर्षकी मात्र छन् ।  बुवाआमाको मृत्यु भएपछि दुईदाजुबहिनीलाइ ठूलोबुवा र अंकलले घरबाट निकाले पछि सल्यान मामा घर पुगेका हुन् ।
सोमवार आज मामा घरमा पनि कसैले हेरचाह नगरेको भन्दै ती दुई बालबालिकाले आफुहरुलाई सुरक्षित ठाँउमा पु¥याइदिन आग्रह गरेका छन् ।
आमावुवाको एचआईभिकै कारण मृत्यु भए नभएको खुल्न नआए पनि दाजु बहिनीमा भने एचआइभी पोजेटिभ जिवाणु फेला परेको छ । दाजुवहिनीलाई अलपत्र अवस्थामा फेला परेपछि दलित विकास समाज सल्यानको सहयोगमा जिल्ला अस्पताल सल्यानमा एचआइभी जीवणुको परिक्षण गरिएको थियो । अस्पतालमा रहेको भिसिटि सेन्टरमा जीवाणु परिक्षण गर्दा गर्दा एचआईभि संक्रमित भएको खुल्न आएको छ । हाल सल्यानमा एचआइभी पीडितलाई राख्ने कुनै पनि संघसंस्था नभएका कारण पनि समस्यामा परेको बताइएको छ ।

प्रतिक्रिया