सीमा सुरक्षा भारतको प्राथमिकतामा

नयाँ दिल्ली, ८ फागुन । भारतीय रक्षामन्त्री एके एन्टोनीले छिमेकी राष्ट्रसँगको सीमा सुरक्षित गर्नु केन्द्रीय सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । चीनले दाबी गर्दै आएको भारतीय भूभाग अरुणाचल प्रदेशमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री एन्टोनीले यस्तो बताएका हुन् ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले बेहोर्ने समस्याबारे केन्द्रीय सरकार जानकार रहेको जिकिर गर्दै उनले सीमावर्ती क्षेत्रलाई अन्य क्षेत्रकै स्तरमा विकास गर्नु सबैको सामूहिक दायित्व रहेको धारणा व्यक्त गरे ।  चीन, म्यानमार र भुटानसँग सीमा जोडिएको अरुणाचल प्रदेशको रणनीतिक महत्वलाई आत्मसात् गर्दै सो क्षेत्रमा विकासनिर्माण तीव्र पारिएको उनले जानकारी दिए ।
अरुणाचल प्रदेशका कतिपय भूभागमाथि चीनले स्वामित्व दाबी गर्दै आएको छ । अरुणाचल प्रदेशका विवादित क्षेत्रमा भारतका केन्द्रीय नेताहरूले भ्रमण गर्दा यसप्रति
चीनले बेलाबेलामा आपत्ति जनाउने गरेको छ  ।

प्रतिक्रिया