पुरुष र चरमसुख

‘तपाईंले सम्भोगका क्रममा चरमसुख पुगेको अभिनय गर्नुभएको छ ?’ गत ४० वर्षमा भएका थुप्रै सर्भेक्षणमा महिलाहरूलाई यही प्रश्न गरिएको थियो । यसरी सोधिएका महिलामध्ये आधादेखि दुई तिहाइ (५३ प्रतिशतदेखि ६५ प्रतिशतसम्म)ले कम्तीमा एकपटक त्यस्तो अभिनय गरेको स्विकार गरेका थिए ।
तर, पुरुषले समेत चरमसुखको अभिनय गर्ने गरेको सुनिएको थिएन । वास्तविक कुरो अर्कै छ । सन् १९८१ मा दुई सय ८० क्याम्पसका विद्यार्थी (एक सय ८५ महिला र ९५ पुरुष) माथि गरिएको अध्ययनले ६० प्रतिशत महिला र ३६ प्रतिशत पुरुषले चरमसुखको अभिनय गरेको पत्ता लगाइएको थियो । सन् २०१० मा कन्सास विश्वविद्यालयका अनुसन्धानकर्ताले दुई सय ८१ पूर्व स्नातक विद्यार्थी (एक सय ८० पुरुष र एक सय एक महिला) माथि सर्भेक्षण गरेका थिए । यसअघिको सर्भेक्षणमा जस्तै यसमा पनि करिब दुई तिहाइ महिला (६७ प्रतिशत) र २८ प्रतिशत पुरुषले कम्तीमा एक पटक यस्तो अभिनय गरेको स्विकार गरेका थिए । विभिन्न समुदाय र राष्ट्रका विद्यार्थीमाथि सर्भेक्षण गरिएको थियो । सर्भेक्षण गरिएका विद्यार्थीमध्ये अधिकांश श्वेत जातिका थिए । एसियाली, स्पेनी, अफ्रिकी–अमेरिकीलाई पनि सर्भेक्षणमा समेटिएको थियो । अधिकांश विद्यार्थी इतरलिङ्गी
(हेटरोसेक्सुअल) थिए । समलिङ्गी र द्विलिङ्गीलाई पनि यसमा समेटिएको थियो । चरमसुखको नक्कल गर्ने र नगर्ने दुवैको यौन अनुभव झन्डै उस्तै पाइएको थियो । तर, नक्कल गर्ने व्यक्ति यौन मामिलामा बढी अनुभवी थिए, जसका कारण नक्कल गर्ने प्रशस्त अवसर उनीहरूलाई प्राप्त भएको थियो । नक्कल गर्नेहरू उत्साही थिए । हस्तमैथुन, मुखमैथुन र गुदामैथुन गर्ने मामिलामा उनीहरू अघि थिए ।
चरमसुखको नाटक गर्नेमध्ये अधिकांश पुराना तथा स्थापित यौनसम्बन्ध भएका व्यक्ति (७८ प्रतिशत महिला र ५३ प्रतिशत पुरुष) थिए । डेटिङ गर्ने जोडी (दुई प्रतिशत महिला र १६ प्रतिशत पुरुष) ले यस्तो नक्कल गर्ने गरेको पाइएको थियो । साथीसँग यौनसम्पर्क गर्ने व्यक्ति (१० प्रतिशत महिला र नौ प्रतिशत पुरुष) र आकस्मिक रूपमा जोसुकैसँग सम्पर्क गर्ने व्यक्ति (१० प्रतिशत महिला र १६ प्रतिशत पुरुष) ले पनि चरमसुखको अभिनय गरेका पाइएको थियो । भर्खर चिनजान भएका पुरुषसँग सम्पर्क गर्दा कुनै पनि महिलाले चरमसुखको अभिनय गरेका थिएनन् । तर, नयाँ महिलासँग सम्भोग गर्ने सात प्रतिशत पुरुषले यस्तो अभिनय गरेको स्विकार गरेका थिए ।
सर्भेक्षणमा समेटिएका अधिकांश व्यक्ति (५५ प्रतिशत महिला र ८० प्रतिशत पुरुष) ले चरमसुखको अभिनय मैथुनका समयमा गर्ने गरेका थिए । केही (आठ प्रतिशत महिला र ११ प्रतिशत पुरुष) ले मुखमैथुनको समयमा र बाँकी (३७ प्रतिशत महिला र आठ प्रतिशत पुरुष) ले अन्य समयमा यस्तो अभिनय गरेको बताएका थिए ।
महिलाको चरमसुखको अभिनय र मादक पदार्थ सेवनका बीच थोरै सम्बन्ध रहेको देखिएको थियो । दुई प्रतिशत महिलाले मात्रै चरमसुखको नाटक गर्नुअघि थोरै मात्रामा मादक पदार्थ सेवन गरेका थिए भने छ प्रतिशत महिलाले अभिनय गर्नुअघि आफू मात्तेर फिट्टु भएको जवाफ दिएका थिए, जबकि ११ प्रतिशत पुरुषले केही मात्रामा मादक पदार्थ सेवन गरेको बेला र २४ प्रतिशतले मात्तेर फिट्टु भएको बेला यस्तो अभिनय गरेको स्विकार गरेका थिए ।
चरमसुखको नाटक गर्दा महिलाहरूले कन्ने, नितम्ब अँठ्याउने र पीडा भएजस्तो गरी आवाज निकाल्दै यौन साथीलाई झुक्याउने गरेका छन् । कलिला केटीले आफ्नै उमेर समूहका केटा साथीलाई यस्तो अभिनय गरेर झुक्याउन सक्छन् किनकि यो उमेरसमूहका पुरुष यौन मामिलामा पारङ्गत हुँदैनन् । वास्तविक चरमसुखका समयमा महिलाको यौनाङ्गका मांसपेसीमा आउने परिवर्तनलाई त्यस्ता युवकले ठम्याउन सक्दैनन् ।
यो त भयो महिलाले नाटक गर्ने तरिका । पुरुषले कसरी चरमसुखको नाटक गर्छन् ? धेरैले कन्डमको सहायतामा यस्तो अभिनय गर्ने गरेका छन् । यौन साथीलाई अँठ्याउने, कन्ने बाहेक महिला साथीले पत्तै नपाउने गरी हतार हतार कन्डम फुकालेर पुरुषले आफू चरमसुखमा पुगेको देखाउने गरेका छन् । यस्तो अभिनय गर्ने सबै पुरुष कन्डम लगाउँदैनन्, त्यसैले जवान महिलाहरूले पुरुष साथीको अभिनयबारे पत्तै पाउँदैनन् ।
मानिसले चरमसुखको नाटक गर्नाका पछाडि केही कारण छन् । चरमसुखमा पुग्न लामो समय लाग्ने अथवा चरमसुखमा पुग्ने सम्भावना नदेखेपछि ७१ प्रतिशत महिला र ८४ प्रतिशत पुरुषले यस्तो अभिनय गर्ने गरेको बताएका थिए । त्यसैगरी ६१ प्रतिशत महिला र ८२ प्रतिशत पुरुषले सम्भोगलाई टुङ्ग्याउने उद्देश्यले तथा ६९ प्रतिशत महिला र ४७ प्रतिशत पुरुषले यौनसाथीलाई खिन्न महसुस नगराउने उद्देश्यले अभिनय गरेको जवाफ दिएका थिए । चरमसुखको नक्कल गर्ने ५६ प्रतिशत महिला र ७२ प्रतिशत पुरुषले सम्भोग गर्दै जाँदा अल्छी लागेपछि वा थकित भएपछि वा सम्भोग गर्ने मनस्थिति गुमेपछि अभिनय गर्ने गरेको सर्भेक्षणका क्रममा बताएका थिए ।
साभारः साइकोलोजी टुडे

प्रतिक्रिया