छैटौं राष्ट्रिय खेलकुद आजदेखि

मनोज घिमिरे/दीपक ओली


कैलाली, १३ फागुन । ‘खेलाडीहरूको लहर मेचीदेखि महाकाली, छैटौ राष्ट्रिय खेलकुद सुदूरपश्चिममा यसपालि’ भन्ने नाराका साथ छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु हुादै छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री कमला रोकाले बताएकी छन् ।
कैलालीको धनगढी क्षेत्रीय रङ्गशालामा आइतबार राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी, प्रधानमन्त्री विशिष्ट अतिथि र अन्य राजनीतिक नेताहरू अतिथिका रूपमा रहनेछन् । दिउासो दुई बजे उद्घाटन हुने कार्यक्रम करिब तीन घन्टासम्म चल्नेछ । उद्घाटन समारोहमा सुदूरपश्चिमका संस्कृति झल्कने विभिन्न झांकी पनि प्रस्तुत गरिने राखेप सदस्य-सचिव युवराज लामाले जानकारी दिएका छन् ।
शनिबार धनगढीस्थित मिडिया सेन्टरको उद्घाटन गर्दै मन्त्री रोकाले प्रतियोगिताको सम्पूर्ण तयारी सन्तोषजनक रहेको जानकारी दिइन् । प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने मन्त्री तथा अधिकांश सभासद् धनगढी पुगिसकेका छन् । सुदूरपश्चिममा पहिलोपटक हुन लागेको बृहत् खेल प्रतियोगितामा ३२ खेल सञ्चालन हुने सदस्य-सचिव लामाले बताए ।
प्रतियोगिताका विभिन्न स्पर्धा भिन्न ठाउामा हुनेछन् । कैलालीमा एथलेटिक्स, पुरुष फुटबल, ब्याडमिन्टन, महिला भलिबल, पुरुष बक्सिङ, महिला बक्सिङ, पुरुष र महिला बास्केटबल स्पर्धाका खेल हुनेछन् । यसैगरी, कराते, कबड्डी महिला, जिम्न्यास्टिक, जुडो, हृयान्डबल, सˆट टेनिस र राष्ट्रिय तेक्वान्दो युनियनका खेलका साथै फुल कन्ट्याक्ट कराते र आइटिएफ तेक्वान्दोका खेल पनि कैलालीमै हुनेछन् ।
कञ्चनपुरमा महिला फुटबल, भारोत्तोलन, पुरुष भलिबल, टेबुल टेनिस, कुस्ती, तेक्वान्दो, पुरुष कबड्डी, क्रिकेट, उसु, शारीरिक सुगठन, पुरुष हक्की, चेस र आर्चरीका स्पर्धा हुनेछन् भने पोखरामा गोल्फ, काठमाडौमा
बिलियर्डस, लनटेनिस र स्नुकर, काभ्रेमा साइक्लिङ तथा स्क्वास र ललितपुरमा सुटिङ एवम् पर्सामा पौडीका खेलहरू सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतियोगितामा नेपाली सेनाका दुई सय ५७ जनाले भाग नलिने बताइएको छ । विभिन्न खेलमा गरी तीन हजार दुई ७१ जना खेलाडी, तीन सय ९२ प्रशिक्षक, दुई सय ९६ व्यवस्थापक र एक हजार एक सय ७७ निणर्यक तथा ९६ खेल सङ्घ प्रतिनिधि गरी पाच हजार दुई ३२ जना सहभागी हुने बताइएको छ । बहुप्रतीक्षित खेल मेलामा नेपाल पुलिस क्लब, एपिएफ क्लब, विश्वविद्यालय टोली र माओवादीको जनसेनाको साथमा पांच विकास क्षेत्रका क्षेत्रीय टोली सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा राखेप सदस्य-सचिव लामाले छोटो समयमा पनि राम्रो तयारी भएको बताए । प्रतियोगितामा चिकित्सक सरोजकृष्ण श्रेष्ठको नेतृत्वमा डोपिङ परीक्षण पनि गरिनेछ । अस्वाभाविक परिणाम तथा केही र्‍यान्डम परीक्षण गरी दिल्लीको ल्याबमा पठाइने भएको छ । उद्घाटन समारोहमा तीन हजार पांच सयलाई उपस्थित गराइनेछ भने अन्य दर्शकका लागि रङ्गशाला बाहिर पायक पर्ने ठाउामा उद्घाटन समारोह हेर्न एलसिडी टिभी राखिनेछन् । तीन सय दुई स्वर्ण, तीन सय दुई रजत र चार सय ६२ काास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुदको पहिलो संस्करण २०३८ मा काठमाडौमा भएको थियो ।

प्रतिक्रिया