अनुकरणीय प्रयास

बाराको प्रस्टोकामा अहिले उदाहरणयोग्य काम हुदैछ । जातीय, धार्मिक र क्षेत्रीय सद्भाव खल्बल्याउने खालका आवाज उठिरहेका बेला त्यहा बेग्लाबेग्लै धार्मिक सम्प्रदायका गाउले मिलेर महायज्ञ सम्पन्न गर्दैछन् । आफ्नो विकासमा योगदान पुराउने उद्देश्यले हिन्दू र मुसलमान समुदायले त्यहा विष्णु महायज्ञ लगाएका छन् । जसको सन्देश सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र जातीय मेलमिलापका रूपमा देशभरि फैलिएको छ ।
यो मुलुक विभिन्न जातजाति, जनजाति, भिन्न–भिन्न आस्था राख्ने समुदाय र बेग्लाबेग्लै भौगोलिक क्षेत्रमा घुलमिल भएर बसोबास गर्नेहरूको साझा थलो हो । आ–आफ्ना धार्मिक आस्था, बेग्लाबेग्लै रीतिरिवाज, संस्कार र परम्परा भए पनि उच्चस्तरको सामाजिक सौहाद्र, एकअर्को सम्प्रदायप्रति सहिष्णु व्यवहार र अर्को धर्मप्रति सम्मान नेपालका विशेषता हुन् । अहिले यही सद्भाव, मेलमिलाप र सहिष्णुतामा भा“जो हालेर आफ्नो दुनो सोझ्याउन खोज्नेहरू सल्बलाउदैछन् । यस्तो अवस्थामा बारा जिल्लाको बेलहियामा मुसलमान र हिन्दू मिलेर महायज्ञ गरेको खबर प्रवाह हुनु निकै सुखद पक्ष हो । यो अनुकरणीय कार्य गर्ने मुसलमान र हिन्दू प्रशंसाका पात्र बनेका छन् । यस्ता खालका सामाजिक सद्भाव फैलाउने कर्म अन्य क्षेत्रमा पनि हुनुपर्छ ।
धर्म, जात, क्षेत्र, लिङ्ग र वर्गका आधारमा समाजलाई विभाजित गरेर आफ्नो अभीष्ट पूरा गर्न खोज्ने तत्व विभिन्न प्रकारको खोल ओढेर हाम्रो अगाडि आएका छन् । त्यस्ता तत्वले कहिले जातजातिका नाममा, कहिले धर्मका नाममा, कहिले क्षेत्र र कहिले वर्गका नाममा वितण्डा मच्चाउदै आएको इतिहास पनि हामीसग छ । तर, नेपाली समाजले अहिलेसम्म त्यस्ता असामाजिक तत्वलाई परास्त गर्दै आएको छ । असहिष्णुता फैलाउने उद्दण्ड तत्वलाई हाम्रो समाजमा रहेको यही सद्भाव र एकताको हतियारले ठेगान लगाएको हो । हामीले बिर्सन हुदैन, पहिला हामी नेपाली हौ । त्यसपछि मात्र आ–आफ्ना धर्म, जात र क्षेत्रमा क्रियाशील व्यक्ति । त्यसैले बाराका हिन्दू र मुसलमानको सद्भाव र एकताको अनुकरण गर्नैपर्छ ।
एउटै गाउ र क्षेत्रमा हामी विभिन्न धर्म मान्ने समूह मिलेर बसेका छौ । हाम्रो मेलमिलाप र सहिष्णुता पनि स्वच्छ, पवित्र र उदाहरणीय छ । यसको उच्च रूप बाराका हिन्दू र मुसलमानले देखाएका छन् । यस्ता कार्यलाई राज्यले पनि प्रोत्साहन गर्दै अन्यत्र फैलाउन मद्दत गर्नुपर्छ । त्यसपछि मात्रै अनेकतामा एकताको हाम्रो विशेषताले सफलता पाउन सक्छ ।

प्रतिक्रिया