काठमाडौँ । सिटिजन्स बैंक र पोखराको लेकसाइडस्थित टिका रिसोर्टबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले टिका रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस प्रकारको सहकार्य ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने उद्देश्यले गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया