मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । प्रहरीले दुबईबाट मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय महिलालाई पक्राउ गरेको छ । ती महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको ११ सय ६० ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय महिला मिना सुर्जित सिंह खेमानी रहेकी छन् । मंगलबार राति अवतरण भएको एयर अरेबियाको उडानमा दुबईबाट आएकी ती भारतीय महिला खेमानीबाट उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ । ५३ वर्षीया खेमानीले मलद्वारमा सुन लुकाएर ल्याएकी थिइन् ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार प्रहरीले उनको मलद्वारमा सुन रहेको आशंका गर्दा उनले अस्वीकार गरेकी थिइन् । तर, पटक पटकको प्राविधिक जाँचपछि सुन पहिचान भएको उनले बताए ।

प्रतिक्रिया