यसरी ब्युँताइँदैछ लिच्छविकालीन सप्तपाताल पोखरी

काठमाडौं । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनः निर्माण भइरहेको छ । नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरुप दुई महिनादेखि काम भइरहेको हो । ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ ।

सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको हो । आदेशपछि १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातलको नाममा बनेको छ । लिच्छविकालीन यो पोखरीले नयाँ जीवन पाउने भएपछि स्थानीयबासी हर्षित छन् ।

प्रतिक्रिया