काठमाडाैँ । एशियन विकास बैंक (एडिवी) ले नेपालको लागि २०२५-२०२९ को लागि देशीय साझेदारी रणनीति सार्वजनिक गरेको छ । जसको उद्देश्य नेपालको समावेशी, हरित र रोजगार मुखी आर्थिक वृद्धिलाई समर्थन गर्ने रहेको छ ।
रणनीति मार्फत एडिबीले सो अवधिसम्मका लागि २ दशमलव ३ अर्ब डलर लगानी गर्ने अपेक्षा गरिएको छ । यसबाहेक परियोजना भित्रका विशेष थिमेटिक प्राथमिकताहरुको लागि एशियाली विकास कोष १४ अन्तर्गत अनुदान पछि छनोटका आधारमा उपलब्ध गराइने एडिबीले जनाएको छ । यो वित्तीय प्रतिबद्धताहरू सरकारका प्राथमिकता परियोजनाको तयारी अवस्था र नेपालले गर्ने प्रस्तुतिमा आधारित हुनेछन् ।
एडिबीले सार्वजनिक गरेको रणनीतिले तीनवटा विषयलाई मुख्य रणनीति बनाएको छ । निजी क्षेत्रको नेतृत्व, रोजगार मुखी र हरित आर्थिक रुपान्तरण, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवा र वातावरणीय दिगोपना तथा जलवायु लचिलोपन रहेको छ ।
‘नेपाल अल्पविकसित मुलुकबाट कम विकसित मुलुकमा रुपान्तरण हुँदैछ । यो रणनीतिले नेपाललाई थप दिगो र समावेशी वृद्धि मोडेलमा रुपान्तरण गर्न सहयोग गर्नेछ,’ एडिबी नेपालका लागि निर्देशक अर्नो काउचोइजले बताए । ‘यो मोडलले आन्तरिक निजी लगानी र वैदेशिक लगानी मार्फत उत्पादकत्वलाई प्राथमिकता दिनेछ । यस्तै, गुणस्तरीय पूर्वाधारको पहुँच, रोजगारी सृजना, सीप विकास, निर्यात वृद्धि तथा विपद् र जलवायु परिवर्तन प्रति लचिलो पन सुदृढीकरणमा आधारित हुनेछ,’ ।
रणनीति नेपालको १६ औ पञ्चवर्षीय योजनासँग मेल खाने गरी तयार पारिएको छ । जसले सुशासन, सामाजिक न्याय र साझा समृद्धिको प्रवर्द्धन गर्नेछ । एडिबीले वर्ल्ड बैंक समूहसँगको सहकार्यमा यो रणनीति तयार पारेको हो ।
एडिबीले सह वित्तीयकरण, नवप्रवर्तनकारी वित्तीय समाधानहरू, हरित ऋणपत्रहरुबाट स्रोत संकलन र अन्तराष्ट्रिय लगानीकर्ताका लागि नेपाली रुपैयाँमा आधारित ऋणपत्रको जारी मार्फत थप स्रोत परिचालन गर्ने एडिबीले जनाएको छ । १९९६ मा स्थापना भएको एडिबीका ६९ सदस्य राष्ट्रहरू छन् । जसमध्ये ५० राष्ट्रहरू यस क्षेत्रभित्र पर्छन् ।
प्रतिक्रिया