राप्रपा र राजपा बैशाखमा एक हुने

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीले बैशाख अन्तिम साता  राजधानीमा पार्टी एकता महाधिवेश गर्ने निर्णय गरेका छन् ।
राप्रपा र राजपाका शीर्ष नेताहरु रहेको संयुक्त कार्यसम्पादन समितिको आज काठमाडौंमा बसेको बैठकले बैशाखको २६, २७ र २८ गते पार्टी एकता महाधिवेशन गर्ने निर्णय गरेका हुन् । बैशाखको अन्तिम साता एकता महाधिवेशन हुने भएपछि राप्रपा र राजपाले फागुन २८ गतेदेखि बोलाएको जिल्ला अध्यक्षहरुको भेला स्थगित गरेको स्रोतले जनाएको छ ।
पार्टी एकता महाधिवेशनको तयारी र संयोजनका लागि राजपा र राप्रपाका एक एक जना महामन्त्री रहने गरेर सचिवालय गठन भएको छ । पार्टी एकता महाधिवेशन भेला काठमाडौंमा हुने छ ।
पूर्व पञ्चहरुको बर्चस्व रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी नेपाल अन्तत लामो गृह र छलफल पछि एकीकरणको चरणमा पुगेका छन् ।
यसैवीच, संघीयता र गणतन्त्रका बिषयमा दुबै पार्टीले स्वीकार गरेको एजेण्डालाई पुनःविचार गर्न राप्रपा नेता राजेश्वर देवकोटाले राखेको प्रस्तावलाई संयुक्त कार्यसम्पादन समितिले अस्वीकार गरिदिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया