अवशेष

अनुसन्धानरत प्रहरीहरूका बीच अचानक खलबली मच्चियो ।
प्रहरीहरू कुनै बेलाका आˆनै हाकिम रञ्जन कोइरालाबारे अनुसन्धान गर्दै थिए । जस्तो कि सबैलाई थाहा छ, सशस्त्र प्रहरीका डिआइजी  कोइरालाले आˆनै श्रीमतीको हत्या गरेका थिए । हत्यापछि उनले श्रीमतीको लास टिस्टुङ लगेर जलाए । उनले लास जलाएको ठाउामा लासका केही अवशेष भेटिएका थिए । र, प्रहरीहरू तिनै अवशेषको अनुसन्धान गर्दै थिए । सबैलाई लागेको थियो, भेटिएका अवशेषले  कोइरालाको अपराध अझ पुष्टि हुनेछ । उनीमाथि मुद्दा चलाउन सजिलो पर्नेछ । तर अवशेषको परीक्षणपश्चात् जो रिपोर्ट आयो, त्यसले अनुसन्धानरत प्रहरीका बीच खलबली मच्चाइदियो ।
किनभने परीक्षणको रिपोर्टमा भनिएको थियो, लास जलाइएको ठाउामा जुन अवशेष भेटिए, ती कुनै गीता ढकालको होइन Û
रिपोर्ट हेर्ने प्रहरी जम्मै झस्के । यो के भएको ? डिआइजी कोइरालाले गीताको लास जलाएको ठाउा त्यही हो । अवशेष भेटिएको पनि त्यहींा हो । तर अवशेषचाहिां गीताको होइन । कसरी हुन्छ ?
प्रहरी बीच अनेक आशङ्का जन्मे । कतै लास जलाएको ठाउा त्यो नभई अर्कै पो छ कि ? अथवा लास जलाएको ठाउाबाट जो अवशेष भनेर टिपेर ल्याइयो, त्यो अर्कै वस्तु पो परेछ कि ? अथवा परीक्षण गर्दा त्यो वस्तु साटिएछ कि ? वा रिपोर्ट बनाउने मानिसले झुटो विवरण लेखेछ कि ? के भएछ ?
प्रहरीभित्र अर्को समस्या जन्म्यो होइन । यदि लास जलाएको ठाउामा भेटिएको अवशेष गीताको होइन भने कसको हो त ? डिआइजी कोइरालाले आˆनी श्रीमती भनेर अर्कैको लास पो जलाएछन् कि क्या हो ?
यही विषयलाई लिएर प्रहरीले अर्को अनुसन्धान थाल्यो । अर्थात् अनुसन्धानको नयाा ढोका उघि्रयो ।  कोइरालाको केस एकातिर राख्दै भेटिएको अवशेषतिर अनुसन्धान केन्दि्रत भयो । आखिर त्यहाा केको अवशेष भेटिएको रहेछ त ? वास्तवमा त्यहाा के जलाइएको रहेछ त ? जलाइएको त पक्कै हो । तर के ?
अनुसन्धान जारी भयो । परीक्षणमाथि परीक्षण । खोजीमाथि खोजी । छानबिनमाथि छानबिन । केरकार । बुझबुझारथ । गुप्तचरी । तहकीकात । खोतलखातल । जम्मै सुरु भयो ।
प्रहरीहरू पुनः घटनास्थल पुगे । त्यतिबेला डिआइजी कोइरालालाई समाउन सहयोग गरेका जम्मै स्थानीय व्यक्तिहलाई तिनले सोधे, ‘के तपाइाहरूले त्यतिबेला देख्नुभएको व्यक्ति यही डिआइजी हो ?’
– हजुर, यही हो ।
– अर्कै डिआइजी त होइन ? डिआइजीहरू त धेरै छन् ।
– के अरु डिआइजीहरूले पनि पत्नी हत्या गरेका छन् ?
– त्यो भनेको होइन । डिआइजी यही हो कि होइन ? ठाउा यही हो कि होइन भनेको ।
– डिआइजी पनि यही हो, ठाउा पनि यही हो ।
– अनि अवशेष मात्र कसरी अर्को पर्‍यो त ?
– हा ? त्यो त हुनै नपर्ने ।
– भइसक्यो भाइ ।
धेरै अनुसन्धान भयो । अनुसन्धानपश्चात् अवशेषबारे नयाा रिपोर्ट आयो । भेटिएको अवशेष वास्तवमा गीताको होइन । त्यो अर्कै तत्वको अवशेष रहेछ । के हो त त्यो तत्व ? वास्तवमा त्यो अवशेष रहेछ इमान्दारीको, कर्तव्यनिष्ठताको, पदीय दायित्वको, जिम्मेवारीबोधको, पारिवारिक प्रेमको, दाम्पत्य विश्वासको, आपसी मायाको, घरेलु सद्भावको ।
वास्तवमा डिआइजी सा’बले त्यो दिन आˆनी श्रीमतीको लास होइन, यी जम्मै कुरा जलाएका रहेछन् ।

प्रतिक्रिया