दुलही सहित चारको मृत्यु

काठमाडौं, १३ फागुन । बर्दिया जिल्लामा दुलही लिएर आउदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुलही सहित ४ जनाको मृत्यु भएको छ ।
कैलालीको बौनीयाबाट दुलही लिएर आउदै गरेको भे १ त ३८४८ नम्बरको ट्याक्टर गएराति पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुन्जमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ३१ जना घाईते भएका छन । सात जनाको अवस्था गम्भिर रहेको छ ।
मृत्यु हुनेमा ठाकुरद्धारा–२ गोब्रेलाकी २० वर्षीय दुलही पुष्पा चौधरी, १६ वर्षीय करीष्मा चौधरी, १३ वर्षीय सुष्मा चौधरी र २२ वर्षीय निर्मला चौधरी रहेको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।
घाईते मध्य ५ जनाको स्थानिय मेडीकलमा र अन्य २६ जनाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । चालकको लापरबाहीका कारण ट्याक्टर दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया