पानामा सिटी, २९ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी रोधाम क्लिन्टन राष्ट्रपति पदमा निर्वाचित भए एक उत्कृष्ट राष्ट्रप्रमुख हुने बताएका छन् ।
क्लिन्टनले आइतबार एक अनलाइन भिडियो प्रसारणमार्फत आगामी राष्ट्रपति पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । यस भिडियो प्रसारण कार्यक्रमलाई लक्षित गर्दै राष्ट्रपति ओबामाले आफू राष्ट्रपति निर्वाचनमा भाग लिनुअघि पार्टीभित्रको नेतृत्व चयन गर्दा सन् २००८ मा क्लिन्टन एक वरिष्ठ सहयात्री उम्मेदवारका रूपमा पाएको बताए ।
राष्ट्रपति पदका लागि पार्टीभित्र चयनमा नपरेपछि पनि आफूसँग मनमुटाव नराखी महानिर्वाचनलाई खुला हृदयले समर्थन गरेको र आफ्नो पहिलो कार्यकालभर विदेश मन्त्रालयको जिम्मेवारी उत्कृष्टतापूर्वक सम्हालेको पनि उनले सुनाए । क्लिन्टनको कार्यसम्पादन क्षमताको प्रशंसा गर्दै ओबामाले क्लिन्टन नै एक उत्कृष्ट राष्ट्रपति बन्न सक्ने ठहर गरे । एजेन्सी
प्रतिक्रिया