काठमाडौं, १० चैत । नेपाल आउने विदेशी नागरिकलाई प्रवेशाज्ञा दिने प्रक्रियाको जिम्मेवारी सरकारले निजी कम्पनीलाई दिने तयारी गरेको प्रति नेकपा–माओवादीले आपत्ति जनाएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालद्वारा आज जारी विज्ञप्तिमा प्रवेशाज्ञा जस्तो राष्ट्रिय हिसाबले संवेदनशील विषय नेपाल सरकारले निजी कम्पनीलाई दिने निर्णय गर्न लागेको भनि आएका समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण जनाइएको छ ।
राष्ट्रिय सुरक्षा, गोप्यता र हितसमेतमा गम्भीर प्रभाव पार्ने प्रवेशाज्ञा दिनेजस्तो महत्वपूर्ण विषय राज्यले गर्नुपर्ने काम निजी कम्पनीलाई दिन तयार हुने कुरा राष्ट्रहित विपरीतको घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया