चितवन, ७ चैत । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले विपक्षी दलले थालेको आन्दोलनको कुनै अर्थ र औचित्य नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले संविधानका विवादित विषयमा वार्ता र छलफल चलिरहेका बेला विपक्षी दलको आन्दोलनको उद्देश्यप्रति विपक्षी मोर्चा नै अनभिज्ञ रहेको आरोप लगाए ।
उनले भने, ‘आन्दोलन छाडेर वार्तामा आउनुहोस् सहमतिका लागि सबै ढोका खुला छ ।’
उनले अब पनि विपक्षी दल सहमतिमा नआए संविधानसभाले आफ्नो काम अघि बढाउने चेतावनी दिए ।
प्रतिक्रिया