लालबाबुविरुद्ध कर्मचारी

काठमाडौं २२ बैशाख । निजामति सेवा ऐनलाई चौथो संशोधन गर्ने सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रस्तावविरुद्ध सात कर्मचारी संगठनले विज्ञप्ति जारी गरेका छन् । मन्त्री पण्डितले पिआर र ग्रिनकार्ड भएका कर्मचारीलाई कारबाही गर्न राष्ट्रियस्तरका ट्रेड युनियनहरूलाई वेवास्ता गर्दै संसद्समेत छलेर अध्यादेशमार्फत निजामती सेवा ऐनलाई चौथो संशोधन गर्न खोजेकोले सात कर्मचारी संगठन पण्डितको यस्तो कदमको विरुद्धमा उभिएका हुन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेशी निजामति कर्मचारी मन्च, नेपाल राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संघ र राष्ट्रिय कर्मचारी संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा लोकतान्त्रिक पद्धति अवलम्बन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया