एसियाली आईटीएफ तेक्वान्दो आइतबारदेखि

itf newsकाठमाडौं, ४ बैशाख । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा सातौं एसियाली तेक्वान्दो (आईटीएफ) प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर र जुनियरतर्फ स्पाइरिङ, प्याट्रन, सेल्फडिफेन्स र स्पेसल टेक्निकमा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका का.वा. अध्यक्ष अन्जुनाथ श्रेष्ठले जानकारी गराए ।
मार्सल आर्टका विभिन्न विधामा विगतमा रहेको नेपाली साख खस्कदै गए पनि आइटिएफले पछिल्लो समय सम्म पनि साख राखेको छ । दक्षिण एसियाली महादेशीय प्रतियोगितामा प्रभावकारी बर्चस्व राख्ने गरेको नेपालले एसियन च्याम्पिनसीपमा पनि आफूलाई अब्बल रुपमा प्रश्तुत गर्ने गरेको छ । पाच बर्ष अघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको आइटिएफले सक्रिय खेलको रुपमा आफूलाई प्रश्तुत गरेको छ । खेलका अलावा सामाजीक क्षेत्रमा समेत सक्रिय यो खेल प्रतियोगिताको आयोजना, अन्तराष्ट्रिय प्रतियोगितामा प्राप्त नतीजा र खेल अधीकारीको सक्रिया सामाजीक जिवनका कारण छोटो समयमा नै लामो फड्का मार्न सफल भएको थियो । सुरुमा कृष्ण बलालको अध्यक्षतमा रहेको यो संघले बलालकै नेृतत्वमा ओलम्पिक खेल सरह आफूलाई चर्चामा राख्न सफल भएको थियो । बलाल युगको अन्त्य पछि केही बर्ष नेृतत्व हस्तान्तरणका कारण केही अलमलीए झै देखिए पनि यस खेलमा नेपालले फेरी पुरानो गती लिने सम्भवना देखाएको छ ।
बलालकै अध्यक्षतामा नेपालले एसियाली च्याम्पियनसीपको निर्णय गरेको थियो । हाल अमेरिकामा रहेका बलालले सौर्य देनिकसंगको कुराकानीमा नेपाल बिश्व च्याम्पियनसीपको तयारीमा रहेको र एसियन च्याम्पियनसीपले त्यो तयारीलाई अझ मजबुत बनाउने बिश्वास ब्यक्त गरे ।
नेपाल सहित विभिन्न २० राष्ट्रका ३ सय ३० खेलाडीले ७४ स्वर्ण, उत्तिनै रजत र दोब्बर कांस्य गरी जम्मा १ सय ४८ पदककालागि भिडन्त हुनेछ । स्पाइरिङमा ४६, प्याट्रनमा १८, सेल्फडिफेन्समा ४ र स्पेसल टेक्निकमा ६ स्वर्णकालागि
खेल हुनेछ ।
नेपालबाट ४० खेलाडीले भागलिने छन्  । काजाकिस्तान र ताजकिस्तानबाट सबैभन्दा बेसी ५०–५० खेलाडी सहभागी हुने छन् । सबैभन्दा कम पाकिस्तान, फिलिपिन्स, ताइपेइ र थाइल्यान्डले एक–एक खेलाडी सहभागी गराउने महासंघका महासचिव रेवत रानाले अवगत गराए । त्यस्तै भारतबाट ३२, बंगलादेश र मकाउबाट २, तुर्कमिनिस्तान र कम्बोडियाबाट७–७, किर्गिस्तानबाट १०, अफ्गानिस्तानबाट ९, डिपिआर कोरियाबाट २७, जापानबाट १४, चीनबाट २५, मलेसियाबाट २१, मंगोलियाबाट २४ तथा हङकङबाट ६ खेलाडी प्रतिस्पर्धामा
उत्रने छन् ।
सन् २००६ मा भारतमा भएको तेश्रो संस्करणमा नेपालले ३ रजत र ५कांस्य जितेको थियो । यो नै नेपालले एसियाली तेक्वान्दोमा हासिल गरेको सबैभन्दा ठूलो उपलब्धी हो । अन्जु राउत, शान्ति तामाङ र लक्ष्मीमाया गौतमले रजत हात पारेका थिए । त्यस्तै अन्जुसहित उमेश राजथला, सञ्जय श्रेष्ठ, कुसुम थापा मगर र जानुका थापाले कांस्य जितेका थिए ।
प्रतियोगिता सञ्चालन गर्न अनुमानित ४५ लाख रुपैयांखर्च हुने आयोजकले जनाएको छ । चारदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को
कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया