काठमाडौ, १५ चैत । राष्ट्रिय सहकारी कप बुद्धीचाल प्रतियोगिता आइतबार सुरु हुदै छ । सायद त्यस प्रतियोगिताको उद्घाटन समारोहमा पनि नेपाल बुीचाल संघका अध्यक्ष राजेश हरी जोशीले एउटै करा राख्ने तयारी गरेका छन् । ‘नेपालमा चेस खेलको ब्यापक विकास भएको छ । यो बर्ष यत्ति वटा प्रतियोगिता भए ।’ हरेक खेलको उद्घाटनमा उनले बोल्ने गरेको बाक्य हो यो । तर, यथार्थ अर्कै छ । ६ बर्ष अघि १५ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगिता आयोजना भए पश्चात संघले कुनै पनि महत्वपूर्ण प्रतियोगिताको आयोजना गरेको छैन । १६ औ राष्ट्रिय च्याम्पियनसीप र १७ औ राष्ट्रिय च्याम्पियनसीप बृहद राष्ट्रिय खेलकुद महोत्सब अन्तरगत भए भने १८ औ च्याम्पियनसीप लुुुम्बीनी राष्ट्रिय च्याम्पियनसीप अन्तरगत भयो ।
यसैगरी नेपालमा हालसम्म तीन पटक टिम च्याम्पियनसीप भए । पहिलो सस्करण हिमालयन चेस क्लबले आयोजना गर्यो भने दोस्रो सस्करण मदन भण्डारी स्पोर्ट्स एकडेमीले गरेको थियो । तेस्रो सस्करण मनमोहन मेमोरियल प्रतिस्ठानले आयोजना गरेको थियो । यसैगरी नेपालमा पहिलो र तेस्रो युथ चेस च्याम्पियनसीप संघले आयोजना गरे पनि दोस्रो च्याम्पियनसीप अन्नपूर्ण स्कुलले आयोजना गरेको थियो । पहिलो महिला च्याम्पियनसीप संघले आयोजना गरेको थियो भने दोस्रो अन्नपूर्ण स्कुलले आयोजना गरेको थियो । तेस्रो लुम्बीनी राष्ट्रिय च्याम्पियनसीपको समयमा भएको थियो ।
यसरी गफीदै भ्रम छर्ने बानी परेको संघ नेतृत्वको आर्थीक अपारदर्शीता झनै आश्चर्य लागदो छ । नेपालमा हालसम्म भएको फीडेका कार्यक्रममा अन्तराष्ट्रिय महासंघबाट रकम आए पनि सहभािग बाटै उठाइने प्रचलन बढ्दो छ । एउटा कोठे समुहबाट सञ्चालीत संघको नेतृत्व कर्ता राजेशहरीको कारण यी सबै समस्या भएको चेस निकटहरु बताउछन् । कुनै पनि कार्यक्रम आयोजना गर्दा बिना कुनै हर हिसाब चल्ने गरेकाले धेरैले यसलाई आश्चर्यमा पारेको छ । कत्तिसम्म भने लुम्बीनी राष्ट्रिय च्याम्पियनसीपका लागि बसेको बोर्ड बैठकमै ‘आर्बीटर संघले उत्पादन गरेकाले म्याच फी दिन आवश्यक छैन’ भन्ने प्रस्ताब प्रस्तुत भएको थियो । यसलाई धेरैले श्रम शोषण गर्ने चरम मानसिकताको उपज ठान्छन् ।
संघमा राजनिती गर्नु हुदैन भन्ने गरिए पनि अस्वभाबिक राजनीतिक चरित्र बोकेका राजेशहरी कुनै समय राजाबादी थिए भने हाल उनी कांग्रेस निकट ब्यक्ति हुन् । तर, उनी एमालेको सदस्यहरुलाई एमालेको प्रतिनिधीत्व गर्ने भनी संघमा उम्मेदवार भएका थिए । उनको द्वैद चरित्र यत्तिमा मात्र सिमित छैन । कुनै समय सहकारी बैकको नेतृत्वमा रहेका उनी समय अनुसार तीन ठूला दलको नजीक हुने गर्छन् । गत निर्वाचनमा उनी कांग्रेसी कित्ताका उम्मेदवार बनेर पछि निर्वाचन बहीस्कार गरेका थिए ।
आफ्नो अनुकल नभएकालाई ठेगान लगाउने तानाशाही चरित्र पनि जोशीमा यथाबत रहेको धेरैले बताउछन् । जर्मन ओलम्पियाडमा तत्कालीन राष्ट्रिय च्याम्पियन सुरबीर लामासँग तनाब भएकै कारण उनी मािथ जोशी सधै पूवाग्रही भएको चेस निकटहरु बताउछन् । लामा राष्ट्रिय च्याम्पियन भएको सममा उपविजेता बनेका बलराम नापीत भने अहिले चेस खेलबाट धेरै टाढा भएका छन् ।
सिताराम अग्रहरी नेपाल बुद्धीचाल संघको अध्यक्ष भएको समयमा उनी संघमा प्रबेश गरेका थिए । त्यो समयमा उनले संघमा विद्रोह गर्दै भगवती प्रसाद शर्मा, राम प्रसाद कासुला, सान्देश मान प्रधान नबनि तण्डुकार सहतिको बुद्धिचाल समन्वय परिषद् गठन गरेका थिए । त्यसै बलमा यहासम्म आए पनि उनी अहिले ती पक्षसंग सरोकार राख्दैनन् । ‘ आफ्नो फाइदा लुटे पछि बे वास्ता गर्ने उनको चरित्रका कारण यसो भएको हुन सक्छ ।’ नेपाली बुद्धीचाललाइ नजीकबाट नियाल्नेहरु भन्छन् ।
प्राबीधीकहरु माथि एउटाको कुरा अर्कोलाई लगाएर फाटो गराउने चरित्र बोकको नेतृत्वकै कारण नेपाली बुद्धीचाल प्राबीधीकको सानो समुह पनि गुट उपगुटमा विभाजीत भएको छ । दोस्रो पटक अध्यक्षमा निर्वाचीत भएका उनी पहिलो पटक संघमा आउँदा हेटौडाका दुइ युवाको भुमिका उल्लखेनिय रहेको थियो ।
नेपाली बुद्धीचालमा ‘बोल्ड’ र इमान्दार छबी बनाएका धर्म लामाको कारण उनी पहिलो पटक संघको नेतृवमा आएको जनाइन्छ । उनीमार्फत तत्कालीन खेलकुद सत्ता सम्हालेको एमाले पार्टीको निकायसंग एकलला श्रेष्ठले सहज बवातावरण बनाइदिएका थिए । बर्तमान बुद्धीचाल संघमा आफूलाई हेटौडा र ललीतपुर दुवै ठाउको बताउने राजेशहरी जोशीको साथमा मकवानपुरका एकलाल श्रेष्ठ र धर्म लामा रहेका छन् । एकलाल र धर्म दुवै एमाले निकट खेलकर्मी हुन् । मकवानपुरको समाजीक र राजनीतिक जिवन बुझेका धेरैको मतमा यस खाले समझदारी अस्वभाबिक हो । प्रैस चौतारी नेपालमा सचिव समेत रहेका राम कुमार एलन भन्छन् ‘ एकलाल र धर्म असल ब्यक्ति हुन् । उनीहरुले समझदारी पनि राम्रो मान्छेसंग नै कायम गरुन् भन्ने हाम्रो चाहना हो ।’ लुम्बीनी राष्ट्रिय च्याम्पियनसीपको दौरान मध्यमाञ्चलको छनोट धादीङमा भएको थियो । यसै सन्दर्भमा चेस समुदायलाइ नजीकबाट बुझेका धादीङका एक एमालेक कार्यकर्ता भन्छन्, ‘राजिनितीकरण गरेर हाम्रो संगठन प्रयोग गरियो । अखिर अध्यक्ष त कस्ता मान्छे रहेछन् । ’
गत साधारण सभामा आफू सर्वसम्मत बन्न गरेको सहमती उनले कार्यन्वयन गरेका थिएनन् । पछि कांग्रेसी सरकार बन्ने सम्भावना देखे पछि सदस्य सचिवको दौडमा लागेका उनले आफू इत्तरका ब्यक्ति रिझाउन संघमा प्रबेश गराएका थिए । उनी इत्तरका धेरै जना कांंग्रेसी आस्था राख्ने भएका कारण आफ्नो स्वार्थमा बाधा नपुगोस भन्ने हुतले संघमा प्रबेश गराएको धेरैको आकलन छ । चाडकी गर्ने ब्यक्ति चाहने बर्तमान नेतृत्वले मकवनापुरका अन्य व्यक्तिलाई संघमा उपस्थित गराए पनि अध्ययनसील र बौद्धीक ब्यक्तिको छबी बनाएका कृष्ण थापालाई भने कुनै पनि महत्वपूर्ण स्थानमा जिम्मेवारी दिन चोहेनन् । मकवानपुरकै चेस राजनितीलाई बुझ्ने एक ब्यक्ति भन्छन्, ‘एकलाल, धर्म र कृष्ण जत्तिको मान्छु आफू मिल्दा धेरै हुन्छ । किन अनावश्यक सम्झौता ?’
प्रतिक्रिया