बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढेको छ । गत साउनदेखि कात्तिक महिनासम्मको निकुञ्जको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा बढेर यस वर्ष तीन हजार आठ सय ९ स्वदेशी तथा विदेशी गरी पर्यटक निकुञ्ज भित्रिएका छन् ।
तीमध्ये विदेशी एक हजार सात ५७ छन् । निकुञ्ज भित्रिएका पर्यटकमध्ये सार्क मुलुकवाट ९३, फ्रान्सबाट तीन ८६, अमेरिकाबाट दुई ४४ र आन्तरिक पर्यटक एक हजार नौ सय ५९ जनाले निकुञ्जको अवलोकन गरेको जनाइएको छ । निकुञ्जमा बाह्रसिंगे जरायो, एकसिंगे गंैडा, हात्ती, कृष्णसार, पाटे बाघलगायत विभिन्न जनावर, जलयात्रा, चराचुरुङ्गीे जस्ता विभिन्न आकर्षण भए तापनि पर्यटक बढ्न नसक्नाका कारण प्रचार प्रसारको कमी भएको बताइएको छ । बर्दियामा विमानस्थल नहुनाले पनि यो क्षेत्र ओझेलमा परेको स्थानीय बासिन्दाको भनाइ छ । (सौस)
प्रतिक्रिया