‘सदस्य सचिवले राजीनामा दिनु पर्दैन’

pardainaबनेपा: नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सिताराम मास्केले सरकार परिवतृन हुने वित्तिकै राष्ट्रिय खेलकद परिषद्को सदस्य सचिव हुुने शैली गलत भएको बताएका छन् । नेपाल रग्वी संघको आयोजनामा सोमबार काभ्रेमा भएको प्रथम विद्यलाय स्तरीय रग्वी प्रतियोगिताका उद्घाटन कार्यक्रममा बोल्दै उनले बर्तमान सदस्य सचिव युवराज लामालाई राजीनामा नगर्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै सदस्य सचिव लामाले परिषद्ले स्कुल टु ओलम्पिक कार्यक्रम अन्तरगत २ हजार विद्यालयमा खेलकुदलाई बिस्तार गर्दै देशलाई खेलकुदमय बनाउने निती लिएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल रग्वी संघका अध्यक्ष टक लाल घिसिङले नेपालमा रग्वी खेलले चाडो फड्को मार्ने सम्भामवना भएको बताए । बेलोर इन्टरनेसनल एकडेमीको ब्यबस्थापनमा भएको कार्यक्रममा एकडेमीका प्रबन्ध निर्देशक तथा रग्वी संघका सदसय पवन थापाले नेपालमा रग्वी खेलको विकासमा बेलोरको भुमिका महत्वपूर्ण रहेको बताउदै काभ्रेलाई नै रग्वीको जिल्लाको रुपमा परिचित गराउन सकिने सम्भावना ब्यक्त गरे ।
प्रतियोगिताको पुरुष तर्फ बेलोर एकडेमी तथा महिला तर्फ ओम स्कुलले उपाधि जिते । उमाले उपाधि जित्ने क्रममा फाइनलमा बेलोर एकेडेमीलाई २–० ले पराजित गर्‍यो । पुरुष तर्फको फाइनलमा बेलोरले उमालाई ४–० ले हरायो । प्रतियोगितामा १० विद्यालयको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषद्का सदसइ सचिव युवराज लामाले उद्घाटन गरेको प्रतियोगितामा नेपाल पर्वतीय महासंघका कोशाध्यक्ष तथा नेपाल माउन्टेनेयरिङ तथा रक क्लाइम्बिङ स्पोर्ट्स एसोसीएसनका महासचिव मेघराज पौडेलले पुरस्कार वितरण गरे । (सौस)

प्रतिक्रिया