काठमाडौं, ११ मंसिर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई कृषि क्षेत्रमा लगानी गर्न कृषि विकास, वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर घर्तीले आग्रह गरेका छन् ।
मन्त्री घर्तीले परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानले सोमबार ‘कृषिको आधुनिकीकरण, विविधीकरण एवम् व्यावसायीकरण’ विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । नेपालको कृषि क्षेत्रमा पशु, माछा, मह र चियाको क्षेत्रले केही गति लिए पनि व्यावसायिकतातर्फ उन्मुख हुन नसकेको धारणा राखे ।
कार्यक्रममा व्यावसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्रकुमार कार्कीले मुलुकको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज अधिकारीले नेपाललाई औद्योगीकरणतर्फ लैजान कृषि विकासलाई प्रमुख आधार बनाउनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया