काठमाडौं, ८ मंसिर । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत एक खेल खेल्न बाकी रहदा तेस्रो हार ब्यहोरेपछि नेपालको छनोट यात्रा कठीन बनेको छ । युएईमा संचालन भैरहेको प्रतियोगिताको आफ्नो छैटौ खेलमा अफगानिस्तानबाट ९ विकेटले पराजित भएपछि नेपालले विश्वकप छनोटको सम्भावना कायमै राख्न अन्तिम खेलमा जित हात पार्ने पर्नेछ ।
शनिबार हुने खेलमा नेपालले बर्मुडालाई पराजित गरेमात्र विश्वकपमा छनोट हुने आशा कायम हुनेछ । नेपाल ६ खेलबाट ६ अंक बटुल्दै चौथो स्थानमा छ । नेपालभन्दा पछि रहेका स्टकल्यान्डको ६ अंक छ भने पपुवा न्युगिनीको ५ अंक छ । सातौ स्थानको बर्मुडाको पनि ४ अंक छ । सबै टिमले एक–एक खेल खेल्न बााकी छ । यस्तोमा छनोट हुन कम्तिमा पााचौ हुनको लागि नेपालले अन्तिम खेलमा बर्मुडालाई पराजित गर्नेछ । पराजित भए नेपालभन्दा तलका टिमले पााचौ स्थानसम्म ओगट्ने पक्काछ, जसले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर पर्न सक्छनेछ । समूहमा कम्तिमा पााचौ हुन सके नेपालले दोस्रो चरणमा छनोटको लागि प्ले अफ खेल्न पाउनेछ ।
शुक्रबार शारजाह रंगशालामा वर्षा भएपछि निर्धारित ओभरको खेल ७ ओभरमा घटाइएको थियो । ओभर घटाएपछि नेपालले दिएको ७४ रनको लक्ष्य अफगानिस्तानले अन्तिम चार बल खेल्नुअघि १ विकेटको क्षतिमा पार गर्यो । अफगानिस्तानलाई जिताउन मोहमद शाहजादले नटआउट ४३ रनको योगदान गरे । यस्तै नर्वाज मङ्गलले २२ रन जोड्दै आउट भए । उनलाई नेपाली कप्तान पारस खड्काले सागर पुनबाट क्याचआउट गराएपनि अन्य बलरले राम्रो प्रदर्शन गर्न सकेनन् । पहिलो ओभरमा पारसले जितन्ेद्र मुखियलाई बल दिएपनि उनले ६ छक्का सहित १६ रन दिए । दोस्रो ओभरमा अमृत भट्टराई ले पनि १३ रन खर्चिएका थिए ।
त्यसअघि अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ७ ओभरमा ३ विकेटको क्षतिमा ७३ रन जोड्यो । नेपालको लागि ज्ञानेन्द्र मल्लले सबैभन्दा बढि नटआउट २३ रनको योगदान गरे । ओपनर सागर पुन २२ रनमा असरफबाट बोल्ड भएपछि क्रिजमा आएका ज्ञानेन्द्रले २ छक्का र १ चौका प्रहार गरे । अर्का ओपरन सुबास खकुरेललाई पनि असफरफले १६ रनमा बोल्ड गरेका थिए । कप्तान पारस खड्का ४ रन बनाउादा क्याच आउटको सिकार भएका थिए भने बिनोद भन्डारीले नटआउट ६ रन जोडे ।
प्रतिक्रिया