थ्रिस्टारलाई गभर्नर्स गोल्डकपको उपाधि

three-starसिक्किम : लिग च्याम्पियन थ्रीस्टार क्लबले सिक्किममा सम्पन्न ३४ औं गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालामा शुक्रबार भएको फाइनलमा खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै थ्रीस्टारले दोस्रा पटक उपाधि जितेको हो ।
उपाधिसागै थ्रीस्टारले गत महिना सम्मन्न सफल पोखरा कपको फाइनलमा मनाङसाग ब्यहोरेको हारको बदला लिन समेत समेल भएको छ । गत संस्करणमा उपविजेतामै चित्त बुझाउन बाध्य थ्रीस्टारले अर्काे सुखि पनि थप्यो । थ्रीस्टारलाई जिताउने क्रममा खेलको २६ औं मिनेटमा कप्तान सन्तोष साहुखलले गोल गर्दै अग्रता दिलाएका थिए । सन्तोषले सन्दीप राईको फ्रिककलाई जाली चुमाएका हुन् । दुई मिनेटपछि अग्रता दोब्बर पार्दे थ्रीस्टार खेलमा बलियो पकड जमाएको थियो । यसपटक असिमजंग कार्कीले गोल गरे ।
ब्वाइज युनियनबाट थ्रीस्टारमा गभर्नर्स गोल्डकपको लागि लोनमा आएका असिमले गोल गर्न जगजित श्रेष्ठको फ्रिककलाई सदुपयोग गरेका थिए । अघिल्लो दिनमात्र सेमिफाइनल खेलेको मनाङ थ्रीस्टार बिरुद्धको फाइनल खेलमा थकित देखियो । मनाङका सुजल श्रेष्ठले पहिलो हाफमा दुई सुन्दरक अवसर खेर फाले । खेलको सुरुआतमै सुजलको प्रहारलाई थ्रीस्टारका गोलकिपर किरण चेमजोङले बिफल पार्दा ४० औं मिनेटको शसक्त प्रहार पोलको केहि इन्च नजिकबाट बाहिरियो ।
दोस्रो हाफको सुरुआतमै थ्रीस्टारले सजिलो खेल खेल्दा मनाङ गोल गर्न हतारियो । तर पनि मनाङको फिनिसिङ फिक्का देखियो । ७५ औं मिनेटमा सुलभ मास्केले फ्रिकीकलाई किरणले जोगाएपछि मनाङको खेलमा फर्कने सम्भावना क्षीण बन्दै गयो । ५ मिनेटपछि मनाङले आत्मघाती गोल गर्दै थ्रीस्टारको अग्रता ३–० मा पुर्‍याइदियो ।
खेलसकिन २ मिनेट बााकी छदा सुलभ मास्केले गोल गर्दै थ्रीस्टारको अग्रता ३–२ मा झारेपछि मनाङलाई खेलमा फर्कन ढिला भैसकेको थियो । थ्रीस्टारले गभर्नर्स गोल्डकपको उपाधि जितेको यो दोस्रो पटक हो । यसअघि सन् २००८ मा पनि थ्रीस्टारले उपाधि जितेको थियो । (सौस)

प्रतिक्रिया