काठमाडौं, ७ मंसिर । कोका–कोला नेपालले आउदो जुलाईमा ब्राजिलमा हुने फिफा वल्र्ड कप २०१४ को आधिकारिक गीत “द वल्र्ड इज आवर्स” सार्वजनिक गरेको छ । ब्राजिली गायक डेभिड कोरीको स्वरमा रहेको गीतमा ब्राजिली स्ट्रिट ब्याण्ड मोनोब्लकोले संगीत दिएका छन् । यस गीतमा ब्राजिली स्थानीय संगीतहरु साम्बा, बेली फङ्क, र टेक्नोब्रागा रहेका छन् ।
कोका–कोला फिफा वल्र्ड कपको ‘द वल्र्डस कप’ को कथालाई प्रवर्धन गर्न संगीतले ठूलो भूमिका खेल्नेछ । कोका–कोलाले फिफासागको सहकार्यमा फिफा वल्र्ड कपको लागि संगीतको इतिहास रच्दैछ । “द वल्र्ड इज आवर्स” ले वीरता र सपना साकार पार्ने प्रोत्साहनलाई दर्शाउाछ । त्यसैले यो गीतले कोका–कोला र संसारको सबैभन्दा प्रसिद्ध खेल फुटबललाई बााध्नेछ भन्ने कोका–कोलाको विश्वास छ ।
“द वल्र्ड इज आवर्स” ले ब्राजिली मौलिकता र संस्कृतिलाई संसारको सामु लिएर आउनेछ । यी ब्राजिली जिवन्त संगीतद्वारा एउटा सांगीतिक कथा बनाउादै छौा । गीतको सार ब्रजिलको आत्मा, उत्साह र लयबाट प्राप्त भएको छ । यस गीतबाट हामी ब्रजिललाई संसार सामु र संसारलाई ब्राजिलमा लिएर जान चाहेको कोकाकोाल कम्पनीले जनाएको छ ।
यस गीतमा ब्राजिली स्थानीय गायक डेभिड कोरीले स्वर दिएका छन् । यस गीतका प्रतिनिधि राजदूत कोरी एक प्रेरणदायक पात्र हुन् । यस फिफा वल्र्ड कप त्: २०१४ ट्रफि टुरको अवधि (आउादो जुनसम्म) मा कोरीले ८९ देशहरुमा कन्सर्ट गर्नेछन्, जस दौरान उनी यी देशका स्थानीय गायकहरुको आवाजलाई पनि आफ्नो गीतमा समावेस गर्नेछन् । यसका साथै पहिलो पटक कोका–कोलाले फिफा वल्र्ड कपको गीतलाई विभिन्न देशमा स्थानीकरण गर्ने मौका दिनेछ र यी सबैलाई आफ्नो अन्तिम प्रदर्शनमा समावेस गर्नेछ ।
कोरीको आवाजसागै यस गीतमा रियोको सर्वोत्कृष्ट साम्बा ब्याण्ड मोनोब्लकोले विशुद्ध स्थानीय संगीत दिएको छ । साथै यो गीत ब्रजिल–अमेरीकी साउण्ड इन्जिनियर मारीयो काल्डाटोको प्रस्तुति हो र गत दशकका सर्वोत्कृष्ट गीतकारमध्येका एक रक माफिया यसका गीतकार हुन ।
वल्र्ड इज आवर्स” ले वीरता र सपना साकार पार्ने प्रोत्साहनलाई दर्शाउनुका साथै एकता, खोज र उत्सवलाई झल्काउाछ । यो गीत क्उयतषथ कासाथै मा सुन्न सकिनेछ ।
कोका–कोलाको फिफा वल्र्ड कप ट्रफी टुरसँगको सहकार्य
फिफा वल्र्ड कप ट्रफि टुरका बारेमा अधिक जानकारी, विशेष अन्तरवार्ता, टुरका स्थानहरु, तस्वीर र भिडियोहरु आदिका लागि आधिकारिक वेबसाइट आधिकारिक फेसबुक पेज र ट्विटर पेज मा जान सक्नुहुनेछ जसमा हाम्रो फोटो ब्लगरबाट लाइभ अपडेट हुनेछ ।
यो ट्रफि टुर कोका–कोला फिफा वल्र्ड कप त्: को एउटा भाग हो जसले फुटबल प्रसंसकहरुलाई ‘द वल्र्डस कप’ को कथाको हिस्सा हुने मौका दिनेछ । ‘द वल्र्डस कप’, अहिलेसम्मको सबैभन्दा समावेशी र भागीदारी फिफा वल्र्ड कप त्: मनाउने मञ्च हो । ‘द वल्र्डस कप’ अभियानमा ब्रजिली दृश्य पहिचान, टेलिभिजन विज्ञापन, डिजिटल कन्ज्युमरको सहभागिता र अन्य ऐतिहासिक कार्यक्रमहरु समावेश छन् ।
‘द वल्र्डस कप’ को समावेसी अभियान अन्तर्गत कोका–कोलाले ब्ल्याकप्लेनसाग साझेदारी गर्दै संसारभरीबाट फुटबलका फ्यान खोज्ने क्रम जारी छ । यसै क्रममा खोलिएको अनलाइनबाट संसारभरीका फुटबल फ्यानहरु एकअर्कासाग अन्तक्र्रिया गर्ने मौका पाउनेछन् र खेलाडीहरुका अन्य क्रियाकलापहरुको जानकारी पनि लिन पाउनेछन् ।
कोका–कोलाले सन् १९७४ देखि फिफासाग सहकार्य गर्दै आएको छ र सन् १९७८ देखि फिफा वल्र्ड कप त्: को आधिकारिक प्रायोजक रहेको छ । कोका–कोलाले सन् १९५० देखि हरेक फिफा वल्र्ड कप त्: मा स्टेडियम एड्भरटाइजिङ् गरेको छ र साथै संसारभरी विभिन्न चरणमा फुटबलको प्रवर्धन गर्दै आएको छ । कोका–कोला र फिफाको २००६ र २०१० को वल्र्ड कप पछिको यो तेस्रो ट्रफि टुरको सहकार्य हो ।
प्रतिक्रिया